News Portal

विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ता

हिमाली संचार संवाददाता
५७८ पटक

काठमाडौं : विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए। तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।

‘हामीले भन्दै आएको सुसंस्कृत र वैकल्पिक राजनीति हुँदैन भन्ने लाग्यो’ एक नेताले भने, ‘यसरी सँगै बस्नुभन्दा अलगअलग रुपमा बस्नु बेस भन्ने भयो । विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन लागेका हुन् ।

रवीन्द्रजीहरुको बुझाइ नै फरक रहेछ : रञ्जु दर्शना

विवेकशील साझा पार्टीबाट अलग भएको समूहले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि अलग भएको जनाएको छ । उज्वल थापा नेतृत्वमा शुक्रबार अलग भएको समूहकी नेतृ रञ्जु दर्शनाले तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘वैकल्पिक राजनीतिबारे कुरा मिलेपछि जोडिएका थियौं । तर, रवीन्द्रजी, मुमाराम खनालजी, केशव दाहालजी लगायतको बुझाइ नै फरक रहेछ । त्यसपछि एक्सनहरु नै फरक भयो ।’

उनले तत्कालिन साझा पार्टीका नेताहरुमा ‘हामीले राजनीति बुझेका छौं । तपाईंहरुले बुझ्नु भएको छैन’ भन्ने सोचाइ रहेका कारण पनि समस्या भएको टिप्पणी गरिन् । देशमा विकासका लागि वैकल्पिक शक्तिको रुपमा उदाउने उद्देश्यले आएको भए पनि देशको स्थिति बीचमै अड्काउने किसिमको शैली देखेपछि छुटिट्यौं’, उनले थपिन् ।

विवेकशील साझा पार्टीका संयोजक थापाले केहीअघि पार्टी गलत बाटोमा हिँडिरहेको निश्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर, त्यसमाथि पार्टीमा छलफल नै नभएको नेतृ दर्शनाले बताइन् ।

उनले भनिन्, ‘एक जना संयोजकले प्रतिवेदन निकालिसकेपछि छलफल हुनुपर्थ्यो । प्रक्रिया मिचेर निकाले पनि, नियमसम्मत निकाले पनि सुशासन आयोगले छलफल गर्नपर्थ्यो । तर, भएन । उनले अगाडि भनिन्, ‘उहाँहरुले सधैं समस्यालाई पर्दाले छेकिरहन खोज्नुभयो । तर, समस्यै छैन भनेर लागिरहँदा हामी कतै पुग्ने थिएनौं ।’

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...