News Portal

लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले गर्‍यो दोस्रो साधारण सभा

हिमाली संचार संवाददाता
५६२ पटक

दुर्गा वि.सी.
सल्लीबजार : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो साधारण सभाको आयोजना गरेको छ।

दोस्रो साधारण सभाका प्रमुख अतिथी नगर प्रमुख गोविन्द कुमार पुनले सहकारीको सफलताको शुभकामाना मन्तव्य दिनु भएको छ । साथै नगरमा सहकारी प्रति हेर्ने दृष्टिकोण आम नागरिकको विश्वसनियता कार्य हुने र यसबाट लाभाविन्त हुने गरि अघि वढ्न उक्त सहकारीलाई शुभकामना दिएइको छ ।

सहकारीका अध्यक्ष कमल वलीले सहकारी संस्थाको सवा दुई करोड कारोवार, वार्षिक गतिविधीका वारेमा समेत प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । ऋण कर्जा, लगानी र व्याजदरका हिसावले सल्लीवजारमा अन्य वितिय संस्था भन्दा सर्वशुलभ रहेको दावी गरिएको छ ।

कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका प्रशासकिय अधिकृत नोखिराम वली, जिल्ला समन्वय समिती सल्यानकी सदस्य आशा वली,कुपिण्डे सहकारी संस्थाका संस्थापक अध्यक्ष दिपक यरि, नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रले लगाएतका अतिथीहरुले सहकारीको दोस्रो साधारण सभाको शुभकामना मन्तव्य दिनु भएको छ ।

संस्थाका शेयर धनीलाई समेत प्रमाण पत्र वितरण र सम्मान गरिएको छ । सहकारी संस्थाका सचिव निमराज वुढाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...