News Portal

  • लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले गर्‍यो दोस्रो साधारण सभा

    हिमाली संचार संवाददाता
    ५०९ पटक

    दुर्गा वि.सी.
    सल्लीबजार : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो साधारण सभाको आयोजना गरेको छ।

    दोस्रो साधारण सभाका प्रमुख अतिथी नगर प्रमुख गोविन्द कुमार पुनले सहकारीको सफलताको शुभकामाना मन्तव्य दिनु भएको छ । साथै नगरमा सहकारी प्रति हेर्ने दृष्टिकोण आम नागरिकको विश्वसनियता कार्य हुने र यसबाट लाभाविन्त हुने गरि अघि वढ्न उक्त सहकारीलाई शुभकामना दिएइको छ ।

    सहकारीका अध्यक्ष कमल वलीले सहकारी संस्थाको सवा दुई करोड कारोवार, वार्षिक गतिविधीका वारेमा समेत प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । ऋण कर्जा, लगानी र व्याजदरका हिसावले सल्लीवजारमा अन्य वितिय संस्था भन्दा सर्वशुलभ रहेको दावी गरिएको छ ।

    कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका प्रशासकिय अधिकृत नोखिराम वली, जिल्ला समन्वय समिती सल्यानकी सदस्य आशा वली,कुपिण्डे सहकारी संस्थाका संस्थापक अध्यक्ष दिपक यरि, नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रले लगाएतका अतिथीहरुले सहकारीको दोस्रो साधारण सभाको शुभकामना मन्तव्य दिनु भएको छ ।

    संस्थाका शेयर धनीलाई समेत प्रमाण पत्र वितरण र सम्मान गरिएको छ । सहकारी संस्थाका सचिव निमराज वुढाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...