News Portal

स्वतन्त्रबाट विजयीपछी नेकपामा प्रवेश गरेका वडाध्यक्ष मूर्ति चोरीको आरोपमा पक्राउ

हिमाली संचार संवाददाता
४८० पटक

डोल्पा : हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका – ५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ थाहाखबरले जनाएको छ।

शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

गुरुङ गत स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए।

शे–फोक्सुण्डो गाउँपालिका ४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्धमूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका १ का ४१ वषीय झ्याम्पा छुल्डिम लामा वडा ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे फोक्सुण्डो गाउँपालिका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं बौद्धबाट पक्राउ गरेको थियो।

डोल्पाका प्रहरी नायब उपरिक्षक अवदेश बिष्टसँग बुझ्दा मूर्तिचोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको बताए।

प्राचीन मूर्ति चोरीको आरोपमा प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका चार जनालाई केही दिन अगाडीमात्रै जिप्रका डोल्पामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...