News Portal

अछाममा नेकपाको जनसभामा जनयुद्धको झल्को, गर्‍यो सहिद परिवारलाई सम्मान !

हिमाली संचार संवाददाता
५९६ पटक

अछाम : नेपाल कम्युनिस्ट पार्टीले अछामका चार स्थानमा जनसभा तथा साँस्कृतिक कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाम मंगलसेन, रामोरोशन गाउँपालिकाको मुझाबगर, चौरपाटी र कमलबजारमा जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।

नेकपा अछामले अभियानात्मक रुपमा जिल्लाका चार स्थानमा जनसभा तथा साँस्कृतिक कार्यक्रम हेर्न स्थानीको बाक्लो उपस्थिति थियो । सामाना कलाकारको प्रस्तृतिले उनीहरुलाई जनयुद्ध कालको झल्को मिलेको स्थानीयले बताउँछन् । नेकपा अछामाका आयोजनामा पुस २२ गते मंगलसेन, २३ गते कमलबजार, २४ गते मुझाबजर र २५ गते चौरपाटीमा जनसभा सम्पन्न भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना, सेती ब्यूरो कार्यालय डबल बहादुर शाह, अछाम जिल्ला इन्चार्ज शेरबहादुर बिक, डोटी इन्चार्ज शिखर, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य सज्जन धामि, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका उपाध्यक्ष अनुकुल, अखिल नेपाल किसाना संगठनका पश्चिम कमाण्ड ईन्चार्ज कालीबहादुर शाही,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य झलक बिक, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य पवित्रालगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।

केन्द्रीय सदस्य तिमिल्सिनाले जनताले पूर्ण रुपमा अधिकार नपाएको बताउँदै सिमित उपलब्धीलाई केही नेताहरुका नातागोताको भरणपोशषमा उपयोग गरेको बताए । उनले जनयुद्धमा गरिएको त्याग र बलिदानमा केही नेताहरुले धोका दिएर दलाल संसदीय व्यवस्थामा सिमित गरेको बताए ।

वर्तमान सरकार भ्रष्ट, दलाल र तस्करको संरक्षणमा लागेको भन्दै त्यसबाट जनताको अधिकारी र सुरक्षाको कुनै ग्यारेण्टी नभएको तिमिल्सिनाले गरे । आफ्नो पार्टी जनयुद्ध र जनआन्दोलनमा गरिएको प्रतिवद्धताबाट पछि नहटेको भन्दै केन्द्रीय सदस्य तिमिल्सिनाले एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताए । त्यसको लागि अछामी जनतालाई एक पटक साथ दिन अपील पनि गरे । कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...