News Portal

  • अछाममा नेकपाको जनसभामा जनयुद्धको झल्को, गर्‍यो सहिद परिवारलाई सम्मान !

    हिमाली संचार संवाददाता
    ५१३ पटक

    अछाम : नेपाल कम्युनिस्ट पार्टीले अछामका चार स्थानमा जनसभा तथा साँस्कृतिक कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाम मंगलसेन, रामोरोशन गाउँपालिकाको मुझाबगर, चौरपाटी र कमलबजारमा जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।

    नेकपा अछामले अभियानात्मक रुपमा जिल्लाका चार स्थानमा जनसभा तथा साँस्कृतिक कार्यक्रम हेर्न स्थानीको बाक्लो उपस्थिति थियो । सामाना कलाकारको प्रस्तृतिले उनीहरुलाई जनयुद्ध कालको झल्को मिलेको स्थानीयले बताउँछन् । नेकपा अछामाका आयोजनामा पुस २२ गते मंगलसेन, २३ गते कमलबजार, २४ गते मुझाबजर र २५ गते चौरपाटीमा जनसभा सम्पन्न भएका छन् ।

    पार्टीका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना, सेती ब्यूरो कार्यालय डबल बहादुर शाह, अछाम जिल्ला इन्चार्ज शेरबहादुर बिक, डोटी इन्चार्ज शिखर, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य सज्जन धामि, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका उपाध्यक्ष अनुकुल, अखिल नेपाल किसाना संगठनका पश्चिम कमाण्ड ईन्चार्ज कालीबहादुर शाही,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य झलक बिक, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य पवित्रालगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।

    केन्द्रीय सदस्य तिमिल्सिनाले जनताले पूर्ण रुपमा अधिकार नपाएको बताउँदै सिमित उपलब्धीलाई केही नेताहरुका नातागोताको भरणपोशषमा उपयोग गरेको बताए । उनले जनयुद्धमा गरिएको त्याग र बलिदानमा केही नेताहरुले धोका दिएर दलाल संसदीय व्यवस्थामा सिमित गरेको बताए ।

    वर्तमान सरकार भ्रष्ट, दलाल र तस्करको संरक्षणमा लागेको भन्दै त्यसबाट जनताको अधिकारी र सुरक्षाको कुनै ग्यारेण्टी नभएको तिमिल्सिनाले गरे । आफ्नो पार्टी जनयुद्ध र जनआन्दोलनमा गरिएको प्रतिवद्धताबाट पछि नहटेको भन्दै केन्द्रीय सदस्य तिमिल्सिनाले एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताए । त्यसको लागि अछामी जनतालाई एक पटक साथ दिन अपील पनि गरे । कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...