News Portal

मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ : ज्ञानेन्द्र शाह

हिमाली संचार संवाददाता
४९१ पटक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् ।

पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात प्रतिघातको बादल मडारिएको बताएका हुन् ।

स्वतन्त्र राष्ट्रका लागि राष्ट्रनिर्माणको दिन महत्वपूर्ण क्षण हुने भन्दै उनले यस्ता क्षणलाई भुल्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको दावी गरे ।

पूर्वराजा शाहले नागरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने भन्दै नेपालीबीच फाटो पैदा गर्ने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावनालाई क्षति पुर्‍याउनेलाई प्रोत्साहन कुनै पनि वाद वा विचारको आडमा गर्न नहुने धारणा राखेका छन् ।

हेर्नुहोस बिज्ञप्ती यस्तो छ :

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...