News Portal

आँखा झिम्काउन नसक्दा प्रहरी भर्नामा फेल

हिमाली संचार संवाददाता
५९८ पटक

विमल बिष्ट
डोटी : सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवान भर्नामा अधिकाँस युवा युवती आँखा झिमकाउन नस्कदा फेल हुन थालेका छन् । प्रहरी तालीम केन्द्रले खोलेको प्रहरी जवानमा आबेदन भरेका अधिकाँस युवा युवतिहरु दुबै आँखा झिम्काउन नस्कदा फेल हुन थालेको बताईएको छ ।

यहि पुष ५ गते बाट सुरु गरेको भर्ना छनौट प्रक्रियामा अधिकाँस युवा युवती आँखा झिम्काउन नस्दा फालिन थालेको दार्चुला बाट प्रहरी जवानका लागी आबेदन भरेका दिपक धामीले बताउनुभयो। उहाँले भन्नुभयो “देशको सेवा गरौला भनी प्रहरीमा जागीर खाने आसमा आईयो आँखा झिम्काउन सकिएन फेल भईयो ।

धामीमात्र नभई उनिजस्ता दजर्नौ युवा युवती आँखा झिम्काउन नस्दा फेल हुन थालेपछि निरास हुदै घर फर्किन थालेका छन् । उता सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले आफुलाई प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखा बाट जस्तो गर्नु भन्ने परि पत्र आएको छ त्यसैका आधारमा भर्ना छनौट प्रक्रिया गरिरहेको बताउदै आएको छ ।

तालीम केन्द्रका एकजान प्रहरी अधिकारीका अनुसार प्रहरी जवानहुनका लागि एक एक गरी दुबै आँखा चिम्लन सक्ने,शारिरीक तन्दुरस्ति भएको तथा योग्य हुनु पर्ने भनि लिखित पत्र आएकाले त्यसैका आधारमा भर्ना छनौट गरीएको हो । फेल भएका युवा युवती आँखा झिम्काउन नसक्दैमा नफालिएको तथा बिभिन्न कारणले फेल हुने गरेको भर्ना छनौटका अध्यक्ष तथा तालीम केन्द्र प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक रामकृपाल साहको दाबी छ ।

कोही दौडमा फेल हुन्छन् त कोही साधारण बेईरिङमा उहाँले भन्नुभयो ‘बैलाई एउटैमा फेल भए भन्न मिल्दैन् फेल हुनाको बिभिन्न कारण छ। यसपटक सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवान पदका लागी करिब ६ हजार एक सय ९८ जना युवा युवतीले आबेदन भरेका छन् ।

आँखा झिम्काउने जस्तो सामान्य चिजमा समेत फेल हुन थालेपछि यहाँका अधिकाँस आबेदन भरेका युवा युवतीमा निरास छाउन थालेको बाजुरका सुनिल बोहराले बताउनु भयो । उहाँले भन्नुभयो “पहिला आबेदन हाल्दा यो यो कुरा गर्नु पर्छ भनेन हामीले पनि घरमा केही गरेनौ यहाँ आउदा आँखा झिम्काउ भन्छन सकिदैन् प्रहरीका नियम पनि बर्षै पिच्छे बदलिन्छन् ।

यसपटकको भर्नामा नेपाल प्रहरीले दुई दातसम्म किराले खाएको वा भाचिएको भएपनि लिने नियम बनाएको छ । यतिमात्र नभई प्रहरी तालीम केन्द्रले भर्ना छनौट प्रक्रिया निस्पक्ष तथा पारदर्शि ढंगले सुचारुका लागि बिभिन्न अनुगामन समिति समेत बनाएको छ ।

अनुगमन समितिमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, गुल्म, लोकसेवा आयोग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि समेत रहेका छन् भने सञ्चारकर्मिलाई पनि भर्ना छनौट प्रक्रिया हेर्न तथा समाचार सम्प्रेषणका लागि फोटो खिच्न खुल्ला गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...