News Portal

  • यातायात विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठले १ करोड ४३ लाख भष्टाचार गरेको अख्तियारको ठहर

    हिमाली संचार संवाददाता
    ४१९ पटक

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदमा बहाल रहँदा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ भष्टाचार गरेको ठहर गरेको छ ।

    बुधबार अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जारी गरेको विज्ञप्तिमा हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव रहेका श्रेष्ठको आय व्ययको विस्तृत विश्लेषण गर्दा गैरकानुनी रुपमा आर्जन गरिएको उल्लेख छ ।

    आजै विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्धा दायर गरिएको छ ।  श्रेष्ठले जागिर सुरु गरेदेखि हालसम्म २ करोड १० लाख ७७ हजार ४ चार रूपैयाँ आर्जन गरेकोमा उनको परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी ३ करोड ४४ लाख ७७ हजार ५ सय ८० रुपैयाँ खर्च गरेको देखिँदा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको सम्पति पाइएको अख्तियारले जनाएको छ ।

    सो सम्पतिको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएकोले चन्द्रमान श्रेष्ठ उपर विगो एक करोड चौतीस लाख पाँचसय छयहत्तर रुपैयाँ छयहत्तर पैसा कायम गरी कानुन बमोजिक गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत समेत गरी पाउन मागदावी लिइ विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार सहप्रवक्ता कोइरालाले जनाएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...