News Portal

सरकारले संसद कब्जा गर्न खोज्यो : सांसद गिरी

हिमाली संचार संवाददाता
५११ पटक

काठमाडौं : सरकारले संसद कब्जा गर्न खोजेको आरोप स्वयं सत्तारुढ सांसदले लगाएका छन् । संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले आइतबार संसदमा भएको घटनालाई संसद कब्जा गर्ने सरकारको प्रयासका रुपमा विश्लेषण गरेकी हुन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेतृ गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पश्चात् संसदमा देखिएको दृश्यले नियामावली ‘ब्रेक–डाउन’ भएको बताइन् ।

उनले भनिन्,‘प्रधानमन्त्रीको अभिव्यक्तिपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न पाउँ भनेर रोष्टम घेरिरहेको छ । त्यो हुँदाहुँदै मर्यादापालकलाई रोष्ट्रममा घेर्न लगाएर कार्यसुचीको अर्को एजेण्डामा प्रवेश भयो । संसदीय परम्पराअनुसार त्यो रिभर्स हुन्छ कि हुँदैन (मलाई थाहा छैन), तर म यसलाई नियमावली ब्रेकडाउन भएको भन्छु ।

यो सुनियोजित भएको उनको दाबी छ । त्यसको ब्याख्या गर्दै गिरीले भनिन्, ‘यो एउटा यस्तो पार्टीको तर्फबाट भइरहेको छ, जसको पोलिटिकल्ली थ्योरी जनताको बहुदलीय जनवाद छ । जवजले भन्छ कि जुन दिन हाम्रो शक्ति पुग्छ, त्यो दिन फोर्सफुल्लीपनि शक्ति क्याप्चर गर्छौं । आइतबारको घटनालाई यदि राजनीतिक दृष्टिकोणले विश्लेषण गर्ने हो भने सरकारले संसदलाई कब्जा गर्ने प्रयास गरेको छ ।

कांग्रेस पनि संसदका लागि भन्दापनि प्रतिपक्षका लागि अगाडि आएको जस्तो देखिएको टिप्पणी गरिन् । सभामुखले नियम उल्लंघन गरेको र प्रमुख प्रतिपक्षी दलले पनि आफ्नो मात्रै कुरा गरेको उनको गुनासो छ ।

‘डिजिटल एक्शन प्लान’बारे सांसदहरुले राखेको धारणालाई प्रधानमन्त्री ओलीले असभ्य भनेकोमा आपत्ति जनाइन् । सत्तारुढ फोरमकी सांसद गिरीले प्रश्न गरिन्, ‘सांसदलाई असभ्य भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ? सभामुखले उहाँको बोलीमा नियन्त्रण गर्नुपर्दथ्यो । तर, सभामुखले गर्नुभएन । सभामुख फेल हुनुभएको छ ।

प्रधानमन्त्रीले सम्बोधनमा राजपा र फोरम नेपाललाई पूर्ण रुपमा बेवास्ता गरेको पनि उनले बताइन् ।सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनुपर्ने उनको धारणा छ । तर, सभामुखले के सोच राखेर सांसदहरुलाई प्रश्न सोध्न नदिएको हो भन्ने अहिले धेरै नबोल्ने गिरीले बताइन् ।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...