News Portal

दूतावासका कर्मचारीहरूले जथाभाबी खर्च गरेको भन्दै महालेखाको प्रतिवेदनमा ७६ लाख बेरुजू

हिमाली संचार संवाददाता
७५८ पटक

युएई : यूएई स्थित नेपाली दूतावासको बेरुजू ७६ लाख देखिएको छ । महालेखा परीक्षकको कार्यालयले यूनाईटेड अरब ईमिरेट्स (यूएई) स्थित नेपाली दूतावासको आर्थिक वर्ष २०७४/२०७५ सालको लेखा परीक्षणका क्रममा ७६ लाख ९ हजार रुपैयाँ बेरुजु रहेको प्रारम्भिक प्रतिवेदन तयार गरेको छ ।

पूर्व राजदूत धनन्जय झाको ४ वर्ष र पूर्व कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको २१ महिने कार्यकालमा खर्च भएको रकम मध्ये उक्त रकम बेरुजु ठहरिएको महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

७६ लाख ९ हजार रुपैयाँ मध्ये ४६ लाख १४ हजार रुपैयाँ झा र टण्डनको कार्यकालमा कार्यरत कर्मचारीहरूबाट असुल गर्नुपर्ने भनेर महालेखाले जनाएको छ भने २४ लाख ६५ रुपैयाँ प्रमाण कागजात र बिल बिना नै खर्च गरिएको देखिएको छ।

प्रारम्भिक प्रतिवेदनले २ लाख ९७ हजार रुपैयाँ बराबरको खर्च अनियमित भएको जनाएको छ।अनियमित भएको खर्चलाई नियम कार्यविधि बनाएर नियमित गर्नुपर्ने हुन्छ। २ लाख ३१ हजार रुपैयाँ भने विभिन्न समयमा लिएको पेस्की रकम फर्स्यौट गर्न बाँकी रहेको बेरुजु छ।

दूतावासका कर्मचारीहरूले विभिन्न शीर्षकमा जथाभाबी खर्च गर्न थालेपछि महालेखापरीक्षकले प्रतिवेदनमा बेरुजुलाई असुल गर्न निर्देशन समेत दिएको छ। असुल गर्नुपर्ने के कस्ता शीर्षकमा भएका खर्च हुन् भन्ने बारे दूतावासले केही बताएको छैन।

श्रोतका अनुसार पूर्व राजदूतहरू झा र टण्डनले यूएई स्थित नेपाली संघसंस्थाहरुले छुट्टिएको दिनमा आयोजना गरेको कार्यक्रममा अतिथि बनेर उपस्थित भएको दिनको समेत दैनिक भत्ता बुझ्ने गरेका थिए।

वैदेशिक नियोग खर्च कार्यविधि अनुसार बास बस्ने गरी नभएको भ्रमणलाई दैनिक भत्ता उपलब्ध गर्न नमिल्ने भए पनि दूतावासका कर्मचारीले आफू खुसी बुझ्ने गरेका हुन्। प्रारम्भिक लेखापरीक्षणमा उक्त रकम समेत बेरुजु देखिएको हो।

वर्तमान कार्यवाहक राजदूत सागर फुयाँलले आफ्नो कार्यकालमा खर्च गराइमा अनुशासन कायम गरिएको भन्दै शुक्रवार र छुट्टिएको समयमा अफिसको काम बाहेक नेपाली संघसंस्थाको कार्यक्रममा उपस्थित कर्मचारीलाई दैनिक भत्ता नदिइएको जानकारी गराए।

खाडी मुलुकहरूमा रहेका अधिकांश दूतावासहरूमा अनियमित खर्चका कारण बेरुजु दर बढ्दो छ। वैदेशिक नियोग र दूतावासमा हुने गरेका यस्ता अनियमिततामा हालसम्म अख्तियारले समेत त्यति चासो दिने गरेको पाइँदैन। कान्तिपुर

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...