News Portal

  • दुतावास कुवेतको विशेष पहलमा सन् २०१८ भित्र १८ जना नेपालीले पाए आममाफी (विज्ञप्ति)

    घाइते र मृत्यु भएका नेपाली नागरिकहरूलाई दिलायो दूतावासले क्षतिपुर्ति !

    हिमाली संचार संवाददाता
    १००४ पटक

    जनवरी, ७ कुवेत : कुवेतमा विभिन्न कारणले जेल सजाय पाएका १८ नेपाली श्रमिकहरुले नेपाली राजदुतावास कुवेतको विशेष पहलमा आममाफी पाएर नेपाल फर्किएको दूतावास श्रोतले जनाएको छ ।

    वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्तिका लागि यस राजदूतावासले कानुन व्यवसायीको सहयोग तथा परामर्श लिएर गरेको निरन्तरको कार्यको फलस्वरूप सन् २०१८ मा घाइते एवं मृतक कामदारहरूको क्षतिपूर्ति वापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग र्इत्यादि गरी देहाय बमोजिमको उल्लेखनीय रकम २,४८,८३३।५५ कुवेती दिनार (नेपाली रूपैयां करीब आठ करोड सन्ताउन्न लाख चालिस हजार) प्राप्त गरी सम्बन्धित कामदारहरूका कानूनी हकदारहरूलाई उपलव्ध गराइदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न समयमा पठार्इसकिएको दूतावासले जनाएको छ ।

    उक्त कूल रकममा निम्न उल्लिखित कामदारहरूको रकमको अतिरिक्त अन्य ३६ जना मृतक कामदारहरूको नाममा प्राप्त भएको १०,९३३।५१ कुवेती दिनार (अमेरिकी डलर ३५,९३८।५२) समेत समावेश गरिएको जनाएको छ ।

    १. झरेन्द्र प्रसाद आचार्य, झापा– १७,११७।०० कुवेती दिनार (५६,७९७।६२ अमेरिकी डलर)

    २. विकाश भुजेल, लमजुङ – १३,२०३।०० कुवेती दिनार (४३,७७७।६० अमेरिकी डलर)

    ३. खड्ग कुमार राइ, ओखलढुङ्गा – २०,०८७ कुवेती दिनार (६६,६०३।०९ अमेरिकी डलर)

    ४. देवेन्द्र पाण्डे, सुनसरी– ८१८५।०० कुवेती दिनार (२७,१३९।२६ अमेरिकी डलर)

    ५. निशान थापा मगर, ओखलढुङ्गा – ८२६३।०० कुवेती दिनार ( २७,२७८।३५ अमेरिकी डलर)

    ६. गंगा प्रसाद योङहाङ, पाँचथर– १७,३७५।०० कुवेती दिनार (५७,३५९।४७ अमेरिकी डलर)

    ७. गजेन्द्र कुमार विश्वकर्मा, संखुवासभा-८२६०।०० कुवेती दिनार ( २७,२६८।४४ अमेरिकी डलर)

    ८. कुमार पौडेल, झापा-९८२।२७ कुवेती दिनार (३,२४२।७३ अमेरिकी डलर)

    ९. लेख बहादुर थाडा, पाल्पा-१६,४४५।०० कुवेती दिनार (५४,२८९।२९ अमेरिकी डलर)

    १०. हिरा सुनार, सुर्खेत-८२८५।०० कुवेती दिनार (२७,३५०।९८ अमेरिकी डलर)

    ११. करूणा कार्की बर्तौला, मकवानपुर-२५००।०० कुवेती दिनार (८२,१७।६२ अमेरिकी डलर)

    १२. बेगम गुरूङ्ग, ताप्लेजुङ-२०६२।६७ कुवेती दिनार (६७,८०।०९ अमेरिकी डलर)

    १३. राजेश कुमार सर्वरिया, धनुषा-८२२५ कुवेती दिनार (२७,०३५।९६ अमेरिकी डलर)

    १४. बन्धुराम थारू, नवलपरासी- ८१९३।०० कुवेती दिनार (२६,९१८।२५ अमेरिकी डलर)

    १५. केहर सिंह राना, पाल्पा- ४९,६१७।०० कुवेती दिनार (१६३,०१७।५३ अमेरिकी डलर)

    १६. देउमान तामाङ, पाँचथर- २५२२।१० कुवेती दिनार (८,२६१।७३ अमेरिकी डलर)

    १७. विनोद मुखिया विन, धनुषा-२६,८१५।०० कुवेती दिनार (८७,८३८।८० अमेरिकी डलर)

    १८. तिलक बहादुर खड्का, झापा- १९७६३।०० कुवेती दिनार (६४,७३८।३३ अमेरिकी डलर)

    सन् २०१८ मा राजदूतावासद्वारा कुवेतको घरेलु कामदार एवं कम्पनी क्षेत्रमा कार्यरत नेपाली कामदारहरूका विभिन्न जटिल समस्याहरू समाधान गर्नुका साथै गम्भिर समस्यामा परेका कम्पनी क्षेत्रका १३२ जना कामदार र ४४५ जना घरेलु कामदारहरूलाई उद्वार एवं राहत र अन्य सहयोग प्रदान गरी स्वदेश पठाउने जनाइएको छ ।

    त्यसैगरी, कुवेत सरकारले घोषणा गरेको आममाफी अवधि (२९ जनवरी देखि २२ अप्रिल २०१८) मा गैरकानुनी हैसियतमा रहेका ३,७२० जना नेपालीहरूलाई यात्रा अनुमतिपत्र एवं अन्य आवश्यक कन्सुलर सहयोग प्रदान गरी नेपाल फिर्ता पठाइएको दूतावास श्रोतले जनाएको छ ।

    त्यसको अतिरिक्त गत वर्षमा कुवेतमा हृदयघात, विभिन्न स्वास्थ्यसम्बन्धी रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटना आदिका कारण मृत्यु भएका ४८ जना (३६ पुरूष र १२ महिला) नेपाली कामदारहरूको शव कानुनी प्रकृया पूरा गरी राजदूतावासबाट तत्कालै नेपाल पठाएको थियोे।

    त्यसैगरी, कुवेतको कारागारमा विभिन्न अपराधको सजाय भोगिरहेका नेपालीहरूको सजाय माफीका लागि महामहिम राजदूत यज्ञ बहादुर हमालले कुवेत सरकारका उच्च पदाधिकारीहरूसंग विभिन्न समयमा भेटघाट तथा कुराकानी गरी आग्रह गर्नुका साथै राजदूतावासबाट लिखित पत्राचार समेत भएको परिणामस्वरूप गत वर्ष कुवेतको कारागारमा रहेका ७६ जना नेपालीहरूमध्ये मृत्यूदण्डको सजाय पाएका २ जनाको सजाय आजीवन कारावासमा परिवर्तन हुनुका साथै १८ जनाको सजाय माफी भर्इ नेपाल फर्काईसकिएको जनाइएको छ।

    हेर्नुहोस दूतावासद्वारा जारी विज्ञप्ति :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...