News Portal

विष्णु माझी : स्वतन्त्र छन् भन्न नसकिने स्याङजा प्रहरीको थप आशंका !

हिमाली संचार संवाददाता
५७४ पटक

स्याङ्जा : पछिल्लो समयमा लोकदोहोरी गायिका विष्णु माझी गुमनाम रहेको समाचारले विभिन्न सञ्चार माध्यममा निकै प्राथमिकता पायो । यसै विषयमा निकै चासो बढेपछि गायिका माझी श्रीमान सुन्दरमणीकै साथमा सार्वजनिक भएकी छिन् ।

स्याङजाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी पुगेका हुन् । विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएका थिए ।

एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए। विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए।

सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।

विभिन्न सांगीतिक महोत्सवमा किन जानुहुन्ने भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए। ुकतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ। लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन् । उनी सामान्य लेखपढ गरेकी केटी हुन् बोल्न जान्दिनन् लेख्न, पढ्न पनि जान्दिनन् । बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ। र, एक्लै पठाइनँ’ सुन्दरमणिको भनाइ उद्धृत गर्दै एसपी लम्सालले भने।

विष्णुले भने आफूले धेरै पढेलेखेको नहुनले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्। विष्णु र सुन्दरमणि दुवैले मिडियालाई जवाफ दिन आवश्यक नभएको भनेका थिए। छलफलका क्रममा बाबुआमा भने त्यत्ति बोलेनन् । दाइ बाबुरामले बहिनी विष्णुसँग बेलाबेलामा सम्पर्क हुने बताए भने बहिनी जीवन काठमाडौंमा सँगै बस्दै आएको सुन्दरमणिले बताएका थिए।

विष्णुले छलफलका बेला पनि मुखबाट माक्स नहटाइपछि एसपी लम्सालले माक्स र पछ्यौरा हटाउन लगाएका थिए । राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा गुमनाम हुनुको कारणबारे प्रहरीले प्रश्न गरेको थियो। सुन्दरमणिले आफ्नो इच्छा हो भन्दै चर्को स्वरमा जवाफ दिए। छलफलमा गरिएका प्रत्येक प्रश्नको जवाफ सुन्दरमणिले नै दिन्थे।

एसपी लम्सालले छलफलमा गरिएका प्रश्नमा आउने जवाफ र उनीहरू आउँदा जाँदाको अवस्था हेर्दा विष्णु माझी स्वतन्त्र छन् भनेर भन्न नसकिने बताए । विष्णु र सुन्दरमणिले पत्रकारसँग बोल्न मानेनन्। कसैले केही सोध्ने वा फोटो खिच्न खोजे सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिन्थे।

सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि ५८ वर्षीय बाबु ताराबहादुरसँग भेट भएको छ । बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको११ वर्ष भएको यसअघि कान्तिपुरसँग बताएका थिए ।

ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए।

ताराबहादुरको छोरी भेट्ने सपना पनि पूरा भएको छ।  प्रहरीको बिचमा छोरी भेटेका ताराबहादुर भने केही बोल्न सकेनन्। छुट्टै कुरा गर्न पनि पाएनन्। विष्णु सुन्दरमणिसँग आउने र जाने गरिन्। आमा धर्मकुमारीले भने काठमाडौँ नै गएर छोरी भेट्ने गरेको बताएकी थिइन्।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...