News Portal

रवि लामिछानेले ‘ईज्जत लिलाम’ गर्दै सार्वजनिक गरे खतरनाक म्यासेज, पूर्वश्रीमतीका अर्कै प्रेमी !

हिमाली संचार संवाददाता
५०३ पटक

काठमाडौं : सामाजिक सञ्जालमा चर्चित पत्रकार रवि लामिछाने र उनकी पूर्वश्रीमती इशाबीच चलिरहेको विवाद उत्कर्षमा पुगेको छ ।

पूर्वश्रीमती इशासँग कुराकानी गर्दै एक अनलाइनमा सामग्री प्रकाशित भएपछि आफ्नो चरित्रहत्या भएको भन्दै रवि लामिछानेले पूर्वश्रीमतीको चरित्र सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि स्टेटस लेख्दै पूर्वश्रीमतीका अर्कै प्रेमी भएकाले सम्बन्ध बिग्रिएको स्पष्ट पार्न खोजेका छन् । उनकी पूर्वश्रीमती इशाले रविका थुप्रै प्रेमिका भएकाले सम्बन्ध बिग्रिएको दावी गरेकी थिइन् ।

सामाजिक सञ्जालमा रविका विषयमा तर्क र बहस चलिरहेका छन् भने अब रवि र इशा दुवै खुलेआम सार्वजनिक आरोपमा उत्रिएका छन् ।

रवि लामिछानेले लेखेको स्टाटस यस्तो छ :
ईज्जत लिलाम गर्ने मनशाय नहुँदा नहुँदै पनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए । हिलो छ्यापाछ्याप गर्ने मनशाय मेरो अझै पनि थिएन । मैले पनि बारम्बार श्रीमतीका प्रेमीहरू गनेर बस्न चाहिन ।

सबै कुरा पुराना हुन् । यो तस्बिर पनि पुरानै हो । रिन्यू गर्ने मन छैन । तर आफैलाई घृणा गर्नुपर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुँदैन पनि ।

सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ । बाँकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला । उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटो पनि खिच्नु होला । म आज स्तरहीन मान्छे हुन बाध्य भए । योभन्दा तल अब म जान चाहन्न ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...