News Portal

रवि लामिछानेले ‘ईज्जत लिलाम’ गर्दै सार्वजनिक गरे खतरनाक म्यासेज, पूर्वश्रीमतीका अर्कै प्रेमी !

हिमाली संचार संवाददाता
४५७ पटक

काठमाडौं : सामाजिक सञ्जालमा चर्चित पत्रकार रवि लामिछाने र उनकी पूर्वश्रीमती इशाबीच चलिरहेको विवाद उत्कर्षमा पुगेको छ ।

पूर्वश्रीमती इशासँग कुराकानी गर्दै एक अनलाइनमा सामग्री प्रकाशित भएपछि आफ्नो चरित्रहत्या भएको भन्दै रवि लामिछानेले पूर्वश्रीमतीको चरित्र सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि स्टेटस लेख्दै पूर्वश्रीमतीका अर्कै प्रेमी भएकाले सम्बन्ध बिग्रिएको स्पष्ट पार्न खोजेका छन् । उनकी पूर्वश्रीमती इशाले रविका थुप्रै प्रेमिका भएकाले सम्बन्ध बिग्रिएको दावी गरेकी थिइन् ।

सामाजिक सञ्जालमा रविका विषयमा तर्क र बहस चलिरहेका छन् भने अब रवि र इशा दुवै खुलेआम सार्वजनिक आरोपमा उत्रिएका छन् ।

रवि लामिछानेले लेखेको स्टाटस यस्तो छ :
ईज्जत लिलाम गर्ने मनशाय नहुँदा नहुँदै पनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए । हिलो छ्यापाछ्याप गर्ने मनशाय मेरो अझै पनि थिएन । मैले पनि बारम्बार श्रीमतीका प्रेमीहरू गनेर बस्न चाहिन ।

सबै कुरा पुराना हुन् । यो तस्बिर पनि पुरानै हो । रिन्यू गर्ने मन छैन । तर आफैलाई घृणा गर्नुपर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुँदैन पनि ।

सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ । बाँकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला । उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटो पनि खिच्नु होला । म आज स्तरहीन मान्छे हुन बाध्य भए । योभन्दा तल अब म जान चाहन्न ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...