News Portal

कांग्रेस र राजपासंग डरायो कम्युनिस्ट सरकार, प्रधानमन्त्रीलाई प्रश्न सोध्न सभामुखले नदिएपछि गगन थापाले के भने (भिडियो)

हिमाली संचार संवाददाता
५७४ पटक

काठमाडौं : प्रतिनिधिसभा बैठकमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रश्न सोध्न खोजे ।

कम्युनिस्ट सभामुख कृष्णबहादुरले प्रश्न सोध्न दिएनन् । त्यसपछि प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एउटै श्वर आएको छ।

राजपाले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रश्न गर्न नदिएर सभामुख कृष्णबहादुर महराले गल्ती गरेको टिप्पणी गरेको छ ।सभामुख महराले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले संसदमा नारावाजी गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहेपनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको प्रतिक्रिया दिए ।

आईतबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीमाझ उनले संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको दाबी पनि गरे ।

नेता झाले संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै नबोलेकोमा असन्तुष्टि जनाउँदै तत्सम्बन्धमा पार्टीमा गम्भीर छलफल गर्ने पनि बताए । राष्ट्रिय जनता पार्टी, नेपालले आफ्नो पार्टीको माग सम्बोधन हुने गरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

गगन थापाले के भने भिडियोमा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...