News Portal

ओलीको नक्कली प्वांख झर्न थाल्यो : प्रबक्ता शर्मा

हिमाली संचार संवाददाता
६३३ पटक

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको नक्कली प्वांख क्रमशः झर्दै जान थालेको टिप्पणी गरेका छन्। प्रवक्ता शर्माले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘केपी कमरेडको रामराज्यमा कञ्चनपुरकी बालिकाले न्याय पाइनन्, कैलालीका अधबैंसे गोरखा दक्षिण बाहु थाप्दैछन् ! हिजोको भाषण र आजको सुशासनवीच नाता सकियो !

‘मयुरको नक्कली प्वांख क्रमशः झर्दैछ । एसएसपी लक्ष्मण न्यौपाने, दुधे बालक, प्रहरी जवानहरु र आफ्नै शब्द सम्झनाले पोल्दैन यहाँलाई ?’, प्रवक्ता शर्माले प्रधानमन्त्री कार्यालयलाई मेन्सन गर्दै ट्वीट गरेका छ।

‘संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मूल बाटो हो’, प्रवक्ता शर्माले भनेका छन्, ‘निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उलंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ । उनले भनेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई ताजपोशी गराउने तयारीले कानूनी राज्यको खिल्ली उडाएको छ ।

कम्युनिस्ट सरकारले कैलालीको टीकापुर हत्याकाण्डका मुख्य आरोपीलाई बिहीबार सपथ गराउने तयारी गरेपछि कांग्रेसका प्रवक्ता शर्माले आफ्नो धारणा दिएका हुन् । टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरी लगायतलाई ओलीले अपराधी भनेका थिए। प्रहरीमाथि आक्रमण गर्नेहरु अपराधी हुन्’, ओलीले टीकापुर हत्याकाण्डबारे प्रतिक्रिया दिँदै त्यस बेला भनेका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...