News Portal

ओलीको नक्कली प्वांख झर्न थाल्यो : प्रबक्ता शर्मा

हिमाली संचार संवाददाता
५६७ पटक

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको नक्कली प्वांख क्रमशः झर्दै जान थालेको टिप्पणी गरेका छन्। प्रवक्ता शर्माले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘केपी कमरेडको रामराज्यमा कञ्चनपुरकी बालिकाले न्याय पाइनन्, कैलालीका अधबैंसे गोरखा दक्षिण बाहु थाप्दैछन् ! हिजोको भाषण र आजको सुशासनवीच नाता सकियो !

‘मयुरको नक्कली प्वांख क्रमशः झर्दैछ । एसएसपी लक्ष्मण न्यौपाने, दुधे बालक, प्रहरी जवानहरु र आफ्नै शब्द सम्झनाले पोल्दैन यहाँलाई ?’, प्रवक्ता शर्माले प्रधानमन्त्री कार्यालयलाई मेन्सन गर्दै ट्वीट गरेका छ।

‘संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मूल बाटो हो’, प्रवक्ता शर्माले भनेका छन्, ‘निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उलंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ । उनले भनेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई ताजपोशी गराउने तयारीले कानूनी राज्यको खिल्ली उडाएको छ ।

कम्युनिस्ट सरकारले कैलालीको टीकापुर हत्याकाण्डका मुख्य आरोपीलाई बिहीबार सपथ गराउने तयारी गरेपछि कांग्रेसका प्रवक्ता शर्माले आफ्नो धारणा दिएका हुन् । टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरी लगायतलाई ओलीले अपराधी भनेका थिए। प्रहरीमाथि आक्रमण गर्नेहरु अपराधी हुन्’, ओलीले टीकापुर हत्याकाण्डबारे प्रतिक्रिया दिँदै त्यस बेला भनेका थिए ।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...