News Portal

जनवरी ११ मा तमु प्ये ल्हु संघ कुवेतले तमू ल्होसार भब्यरुपले मनाउने

हिमाली संचार संवाददाता
८१५ पटक

सुरेश गुरुङ
कुबेत : तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम साथ जनवरी ११ तरिख २०१९ शुक्रबार दिन कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात (शास्त्र हराए संस्कार हराउँछ ,संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नाराको साथमा कुवेतमा स्थापना भएको “तमु प्ये ल्हु संघ, कुवेत” ले कुवेत पनि तमु/गुरुङहरुको मौलिक धर्म ,संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ बारे जानकारी गराउने र कुवेतमा आफ्नो तमु मौलिक चाडपर्वहरु पनि मान्दै आएको छ ।

कार्यक्रमलाई सब्य भब्य सफल पार्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतले मुख्य प्रायोजन गरेको छ। भने साथमा स्थानीय कलाकारहरुको आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संस्थाका कलाकरहरुको जोडदार प्रस्तुतीको साथ मनोरञ्जन दिने अध्यक्ष उमा तमुस्योले जानकारी दिएकि छन।

उक्त तमु फो-ल्होसार कार्यक्रम लाई ऐतिहासि, रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ।

            तपशिल

मिति : जनावारी ११ तारिक २०१९ शुक्रबार
समय : ठिक १२ बजे देखी
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक : तमु प्ये ल्हु संघ कुबेत।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...