News Portal

नेपाल तामाङ घेदुङ कुवेतले १ फेब्रुअरीमा राष्ट्रिय सोनाम ल्होछार मनाउदै

हिमाली संचार संवाददाता
६१६ पटक

दिलकुमार पाख्रीन
कुवेत : तामाङ नयाँ बर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग)को अवसरमा नेपाल तामाङ घेदुङ कुवेतले आगामी १ फेब्रुअरीका दिन कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको आयोजना गर्ने भएको छ।

तामाङ जातिले सोनाम ल्होछारलाइ आफ्नो नयाँ बर्षको रुपमा मनाउने गरेका छन। हरेक माघ सुक्लपक्ष प्रतिपदाको दिनदेखी उनिहरुको ल्हो/वर्ग फेरिने हुँदा उक्त तिथिलाइ उनिहरुले नयाँ बर्षको रुपमा धुमधामले मनाउने गर्दछन। यसपालि पनि ५ फेब्रुअरी अर्थात माघ २२ का दिन उनिहरुको ल्हो फेरिँनेछ। तर प्रवासमा समयानुकुल नभएकोले नेपाल तामाङ घेदुङ कुवेतले १ फेब्रुअरीमा नै सोनाम ल्होछार मनाउने तय गरेको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबाले बताएका छन।

“ल्हो” भन्नाले वर्ग/बर्ष र “छार” भन्नाले नयाँ बुझाउँछ। समग्रमा नयाँ बर्षलाइ ल्होछार भनिन्छ। तामाङ जातिको उत्पती पछि बोन (बोम्बो) धामी झाँक्री परम्परा संगै बिकास भएको भएता पनि पछिल्लो समयमा बौद्ध धर्मसंग समिश्रीत छन। जन्म, विवाह र संस्कार बौद्ध धर्मानुसार गर्दछन। अन्य देवि देवता, कुल पुजा, घर पुजा लगाएतका थुप्रै मानव जिवनसंग सम्बन्धित क्रीयाकलापहरु संस्कार संस्कृतिहरु बोन परम्पराअनुसार पनि गर्ने गरिरहेका छन। त्यसैले पनि तामाङ जातिलाइ बौद्ध धर्म र बोन परम्पराको समिश्रणको रुपमा पनि लिन सकिन्छ।

बौद्ध धर्मानुसार तामाङहरुले राष्ट्रिय पर्वको रुपमा मनाइने सोनाम ल्होछारमा विशेष गरि आफू भन्दा ठुला मान्यजनबाट सेतो टीका लगाइ आशीर्वाद ग्रहण गर्ने चेली माइती तथा आफान्तजन भेटघाट गर्ने र आफ्नो संस्कृति अनुसार रमाइलो गर्ने गरिन्छ।

ल्होछारमा विशेष किसिमको खानाको परिकार पनि बन्ने गर्दछ जसलाइ “खपस्यो” भनिन्छ। खप्स्यो, मैदाबाट विभिन्न किसिमको रङहरुमा तामाङ जातिले बर्गको रुपमा संकेत गर्ने १२ थरिका जीव जन्तुहरु मुसा, बिरालो, गाई, सुँगुर, कुकुर, बाघ, सर्पा, गरुँड, चरा, बाँदर, भेडा र घोडाको आकार बनाइ स्वाद अनुसार चिनी हालेर तेलमा पकाएर खाने गरिन्छ।

तामाङ जातिले राष्ट्रिय रुपमा मनाउने सोनाम ल्होछारलाइ राज्यले वेवास्ता गर्दै विगतमा राज्यले घोषणा गरेको सोनाम ल्होछारको एक दिने सार्वजनिक बिदा समेत कटाए पछि झन राज्यलाइ दवाव स्वरुप सोनम ल्होछार अझ बृहत् रुपमा मनाउने तमझममा तामाङहरु लागि परेको देखिन्छ।

देशले धर्म निरपेक्ष पाइसक्दा पनि हिन्दु चाड पर्वलाइ मात्रै प्राथामिकताका साथ सार्वजनिक बिदा दिइनु राज्यले अन्य धर्मवलम्विहरुमाथी गरेको विभेदको रुपमा लिँदै त्यसो नगरी सबै जाती र धर्मवलम्वी नेपालका स्वतन्त्र नागरिक भएकोले समान व्यबहार गरिइनुपर्ने उनिहरुको माग सहित मनाउन लागेको यसपालिको सोनाम ल्होछार दवावपुर्ण रहने सहजै अनुमान गर्न सकिन्छ।

फेब्रुअरी १ तारिकका दिन कुवेतमा क्रीयाशिल कुनै पनि संस्थाले कार्यक्रम नजुधाइ सोनाम ल्होछार कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनहुन आयोजक संस्थाका अध्यक्ष ग्याबाले अनुरोध गरेका छन।

         तपशिल

मिति : ०१ फेब्रुअरी २०१९
समय : ठिक ११ बजे बिहान
स्थान : राजधानी इन्डियन रेस्टुरेन्ट, खैतान
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...