News Portal

अदालतको निष्पक्षता र सक्षमतामा प्रश्न उठे गम्भीर निर्णय लिनुपर्छ : प्रधानन्यायाधीश

हिमाली संचार संवाददाता
५९१ पटक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् । बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले जोशीलाई अदालतलाई बन्धक नबनाउन र निकास दिन आग्रह गरे ।

‘वरिष्ठ न्यायाधीशको हिसाबले अब उहाँले अदालतलाई बन्धक बनाउनु हुँदैन, अदालतलाई अझै विवादमा पार्नु हुदैन, मेरो उहालाई हार्दिक अनुरोध छ, अदालतलाई निकास दिलाउनुहुन्छ भन्ने विश्वास दिलाउँछु’ उनले भने । प्रधानन्यायाधीश जबराले अब जोशीको कुनै पेशी नतोकिने पनि बताए । ‘आज उहाँलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन’ उनले भने ।

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा प्रश्न उठेकाले आफूले गम्भीर निर्णय लिएको पनि प्रधानन्यायाधीश जबराले बताए । ‘अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा कतै पनि प्रश्न उठ्न हुँदैन’ उनले भने ‘अदालतको जनआस्थामा यदि वृद्धि हुन्छ भने हामी सबैले हाम्रा विषयमा उठेका गम्भीर प्रश्नहरुबाट हामी बाटो लाग्नुपर्छ ।

आफूले संसदीय सुनुवाइ समितिमा पनि यस विषयमा प्रतिवद्धता जनाएर आएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले सार्वभौम संसदको निर्णय मान्नुपर्ने पनि बताए ।

‘सार्वभौम सम्पन्न संसदीय समितको निर्णयलाई मान्नुपर्छ र त्यसको निर्णयको सम्मान हुनुपर्छ, म प्रस्तावित प्रधानन्यायाधीशको हिसाबले प्रधानन्यायाधीशको पदमा आएँ भने म सुनुवाइ समितिको सम्मान गर्छु भनेको थिएँ’ उनले भने ‘यो (जोशीविरुद्धको निर्णय) मैले त्यहाँ गरेको प्रतिवद्धता हो ।

आफूले सबै नागरिक, पत्रकार, सेवाग्राही, कानून ब्यवसायी र सबै न्यायाधीशको भावनाअनुसार कठोर निर्णय लिएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले आफ्ना सहपाठी जोशीविरुद्ध यस्तो निर्णय गर्दा दुखी भएको बताए ।

‘आज मैले सबै नागरिक, पत्रकार, सेवाग्राही, कानून ब्यवसायी र सबै मित्रहरुको भावनाबाट कठोर निर्णय गरेको छु’ उनले भने ‘साथीभाइको नाता सम्बन्धले मात्र हुँदैन । त्यसकारण मैले यो गम्भीर निर्णय लिएको हुँ ।

सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी बुधबार प्रधानन्यायाधीश जबरालाई बधाइ दिन सर्वोच्च अदालत आएका थिए । तर पत्रकार सम्मेलनमा अरु सबै न्यायाधीशलाई सहभागी गराए पनि जबराले उनलाई सहभागी गराएनन् ।

शैक्षिक प्रमाणपत्र विवादलगायतका कारणले संसदीय सुनवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि यसअघि ओमप्रकाश मिश्रको कार्यकालमा भने उनी न्यायाधीशको भूमिकामा रहेका थिए । तर जबराले उनलाई न्यायाधीशको भूमिकामा पनि काम नगर्न सुझाएका छन् ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...