News Portal

नेवि संघ दार्चुलाको अध्यक्षमा भट्ट, उपाध्यक्षमा जोशी

हिमाली संचार संवाददाता
६०३ पटक

किरन धामी
दार्चुला : नेपाल विद्यार्थी संघ दार्चुलाको नवौं जिल्ला अधिवेसनबाट रमेश भट्ट अध्यक्षमा चयन भएका छन् । नेपाल विद्यार्थी संघ दार्चुलाको यसअघिको कार्यकालमा सचिव रहेका भट्ट नेविसंघको नवौं जिल्ला अधिवेसनबाट अध्यक्ष पदमा चयन भएका हुन् ।

अध्यक्ष पदका लागी थुप्रै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरु आकांक्षी देखिएका भए पनि अधिवेशनको बन्दसत्रबाट सहमतीका आधारमा भट्टलाई अध्यक्षमा चयन गरिएको विद्यार्थी नेता दिपक खातीले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिवाकर जोशी, सचिवमा धनेन्द्र सिह धामी र हरी जोशी, कोषाध्यक्षमा अर्जुन सिह धामी चयन भएको उनले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ जिल्लाकार्य समिति १९ सदस्यीय भएको उनले जानकारी दिए ।

समितिको सदस्यहरुमा मञ्जु जोशी, ललिता धामी, उमा सार्की, सचिन अवस्थी, अमृत बोहारा, मंगल रोकाया, कृष्ण रावल, सुनिल पन्त, विष्णु दत्त ओझा, विजय जोशी, मनिसा चन्द, विजया बडाल र तुलसी बडू चयन हुनु भएको छ ।

नेपाल विद्यार्थी संघ दार्चुलाको नवौं जिल्ला अधिवेसन प्रतिनिधिसभा सदस्य एवं पुर्व मन्त्रि दिलेन्द्र प्रसाद बडूले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...