News Portal

नेविसंघ जाजरकोट सचिवमा प्रखर युवा पारस विक्रम केसीको दाबि

हिमाली संचार संवाददाता
५८५ पटक

जाजरकोट : नेपालको सबै भन्दा पुरानो इतिहास बोकेको नेपाल बिद्यार्थीसंघको १२ औ महाधिवेशन नजिकिएको छ । अहिले जिल्ला अधिवेशनहरु एक पछी अर्को गर्दै सम्पन्न भइरहेका छन ।

जाजरकोटमा आज सोमवार हुने नेविसंघको जिल्ला अधिवेशनको युवा नेपा एवं पूर्व अध्यक्ष पूर्व केन्द्रीय अध्यक्ष प्रदिप पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला अधिवेशनसंगै अवको नेतृत्वका लागि केही युवाहरु सक्रिय देखीएका छन् ।

जिल्ला अध्यक्षमा प्रमुख दाबेदारका रुपमा ललित बस्नेत अगाडी सरेका बेला सचिवमा पारसविक्रम केसीले आफ्नो दाबि प्रस्तुत गरेका छन ।

पारस विक्रम केसी को हुन ?

पारस विक्रम केसी जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ५ (साविक थालारैकर गाबिस ४) सल्लेरीमा बिसं २०५२ मा जन्मीएका युवा युवा हुन । थालारैकरमा रहेको ईन्द्रज्योती माबि अध्ययन गर्दा देखीनै राजनीतिमा होमीएका उनी एक प्रखर वक्ता बन्ने भविष्य बोकेका युवा नेता हुन ।

यसअघि उनी तत्कालिन समयमा एमालेमा रहेर राजनीति गरेपनि राजनीतिको वारेमा प्रष्ट सिद्धान्त र विचार बुझ्ने भएदेखी नेपाली काँग्रेसमा प्रवेश गरी सक्रीय राजनीतिमा होमीएका हुन् ।

केसी विशेष गरी कर्णाली प्रदेशमा राम्रो पहिचान छाड्न सफल युवा हुन ।विभिन्न सभा, समारोहमा वक्ता एवं उद्घोषकको सफल भूमीका निर्वाह गरीसकेका उनको भाषणले जनतालाई आर्कषित गर्न सक्छ ।

नेपाली काँग्रेसको सिद्धान्त,आर्दश, विपीको समाजवादका वारेमा उनले गहिरो अध्ययन गर्नुका साथै जनतामाझ यस वारेमा प्रष्टसंग बुझाउन सक्छन ।

उनको राजनीतिक क्षमतालाई देखेर अग्रज नेताहरु पनि दंग पर्छन् । संगठन बिस्तारमा पनि उनी अब्बल छन । आफुलाई नेविसंघ जिल्ला कार्यसमितीको सचिवको जिम्मेवारी दिएमा नेविसंघको संगठन बलियो बनाउन अहोरात्र खट्ने उनी बताउछन ।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...