News Portal

नेविसंघ जाजरकोट सचिवमा प्रखर युवा पारस विक्रम केसीको दाबि

हिमाली संचार संवाददाता
६०७ पटक

जाजरकोट : नेपालको सबै भन्दा पुरानो इतिहास बोकेको नेपाल बिद्यार्थीसंघको १२ औ महाधिवेशन नजिकिएको छ । अहिले जिल्ला अधिवेशनहरु एक पछी अर्को गर्दै सम्पन्न भइरहेका छन ।

जाजरकोटमा आज सोमवार हुने नेविसंघको जिल्ला अधिवेशनको युवा नेपा एवं पूर्व अध्यक्ष पूर्व केन्द्रीय अध्यक्ष प्रदिप पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला अधिवेशनसंगै अवको नेतृत्वका लागि केही युवाहरु सक्रिय देखीएका छन् ।

जिल्ला अध्यक्षमा प्रमुख दाबेदारका रुपमा ललित बस्नेत अगाडी सरेका बेला सचिवमा पारसविक्रम केसीले आफ्नो दाबि प्रस्तुत गरेका छन ।

पारस विक्रम केसी को हुन ?

पारस विक्रम केसी जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ५ (साविक थालारैकर गाबिस ४) सल्लेरीमा बिसं २०५२ मा जन्मीएका युवा युवा हुन । थालारैकरमा रहेको ईन्द्रज्योती माबि अध्ययन गर्दा देखीनै राजनीतिमा होमीएका उनी एक प्रखर वक्ता बन्ने भविष्य बोकेका युवा नेता हुन ।

यसअघि उनी तत्कालिन समयमा एमालेमा रहेर राजनीति गरेपनि राजनीतिको वारेमा प्रष्ट सिद्धान्त र विचार बुझ्ने भएदेखी नेपाली काँग्रेसमा प्रवेश गरी सक्रीय राजनीतिमा होमीएका हुन् ।

केसी विशेष गरी कर्णाली प्रदेशमा राम्रो पहिचान छाड्न सफल युवा हुन ।विभिन्न सभा, समारोहमा वक्ता एवं उद्घोषकको सफल भूमीका निर्वाह गरीसकेका उनको भाषणले जनतालाई आर्कषित गर्न सक्छ ।

नेपाली काँग्रेसको सिद्धान्त,आर्दश, विपीको समाजवादका वारेमा उनले गहिरो अध्ययन गर्नुका साथै जनतामाझ यस वारेमा प्रष्टसंग बुझाउन सक्छन ।

उनको राजनीतिक क्षमतालाई देखेर अग्रज नेताहरु पनि दंग पर्छन् । संगठन बिस्तारमा पनि उनी अब्बल छन । आफुलाई नेविसंघ जिल्ला कार्यसमितीको सचिवको जिम्मेवारी दिएमा नेविसंघको संगठन बलियो बनाउन अहोरात्र खट्ने उनी बताउछन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...