News Portal

सरकार आफनो काम गर्न छोडेर काँग्रेसलाइ गाली गर्न व्यस्त – नेता पौडेल

हिमाली संचार संवाददाता
७२० पटक

जनक केसी
जाजरकोट : नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले पुरानो पारा र ढंगले काँग्रेस यो समयमा चल्न नसक्ने वताएका छन् । ४३ औं मेलमिलाप दिवसका अवसरमा जाजरकोटका लागि केन्द्रिय प्रतिनिधि खटिएका पौडेलले विपी कोइरालाको पालाको काँग्रेस र अहिलेको पालाको काँग्रेसका सामु राष्ट्रिय दायित्व र जिम्मेवारी फरक रहेकोले अव काँग्रेस नयाँ ढंगले चल्न जरुरी रहेको वताए ।

नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका पुर्व अध्यक्ष समेत रहेका काँग्रेस नेता पौडेलले नेपाल प्रेस युनियन जाजरकोटले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै विपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादको वाटो काँग्रेसले कहिलेपनि छोड्न नसक्ने भन्दै परिवर्तित समय अनुसार यो सिद्धान्तमा केहि नयाँ र जरुरी विषयहरु थपेर अघि वढ्नुपर्ने समेत वताए ।

पत्रकारहरुको विभिन्न प्रश्नहरुको जवाफ दिदैै पौडेलले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको वताए । इतिहासकै सवै भन्दा शक्तिशाली स्वतन्त्र र काम गरेर देखाउन सक्ने सरकारका प्रधानमन्त्री केपी शर्मा वलीले अरुलाइ गाली गरेर समय खर्चिने काम गरेको आरोप लगाए ।

काँग्रेसले सरकारका गलत कामको विरोध गरे काम गर्न दिएन भन्ने आरोप र विरोध नगरे काँग्रैस सुस्तायो भन्ने आरोपहरु लाग्ने गरेको दुखेसो समेत गरे । विगतका सरकारले सुरु गरेका सवै कामहरुलाइ आफुले पुरा गरेको भन्ने हल्ला गर्दै वर्तमान सरकारले नयाँ कुनै कामको थालनी नगरेको समेत आरोप लगाए ।

प्रेस युनियन जाजरकोटका अध्यक्ष वालकुमार शर्माको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा नेता पौडेलले महासमिमित वैठकले नेपाली काँग्रेसमा नयाँ उर्जा र उत्साह थपेको वताए । उनले विगतका गुटउपगुट र मतभेदहरुलाइ परास्त गर्ने गरि देशव्यापी अभियानका साथ काँग्रेस जनताको विचमा आउने तयारी गरेको वताए ।

नेता पौडेललाइ काँग्रेस केन्द्रिय समितिले ४३ औं मेलमिलाप दिवसका अवसरमा जाजरकोटमा गएर पार्टी र मेलमिलाप नितीका वारेमा जनतामुखि कार्यक्रम गर्न खटाएको हो । नेता पौडेलले सोमवार सदरमुकाम खलंगामा आयोजना हुने नेपाल विद्यार्थी संघ जाजरकोटको १० औं जिल्ला अधिवेसनको उद्घाटन सत्रलाइ प्रमुख अतिथिको रुपमा सम्वोधन गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...