News Portal

  • बंगलादेश निर्वाचन : तेस्रोपटक शेख हसिनाको पार्टी विजयी !

    हिमाली संचार संवाददाता
    ६८० पटक

    ढाका : बंगलादेशको चुनावमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टीले विजय प्राप्त गरेको छ। बंगलादेशको निर्वाचन आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० संसदीय सिटमा २ सय ८१ सिट प्राप्त गरेको छ।

    यस अघिको चुनावमा भन्दा यो पटक पार्टीले अधिक सिटमा विजय निकालेको हो। हसिना सन् २००९ देखि प्रधानमन्त्री छन्।

    बंगलादेशका विपक्षी पार्टीले आम चुनावको विरोध गरेकाछन्। उनीहरुले यसलाई हाँस्यासपद भनेका छन्। विपक्षी दलले पुन मतदानको माग गरेका छन्।

    विपक्षी दलले कुल ७ सिटमा जित निकालेका छन्। विपक्षी दल बीएनपी प्रमुख वेगम खालिदा जियाले चुनावमा भाग लिन पाएकी थिइनन्। उनी भ्रष्टाचारको आरोपमा जेलमा छन्।

    विपक्षी नेता कमाल हुसेनले चुनाव आयोगलाई हास्यासपद नतिजाको अमान्य घोषणा गर्न माग गरेका छन्। आइतबार भएको मतदानमा सत्तारुढ दल र विपक्षीबीच झडप हुँदा १७ जनाको मृत्यु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...