News Portal

नेकपाका महासचिव पौडेल भन्छन् : प्रदेश राजधानीको पिठो धेरै नपिसौं !

हिमाली संचार संवाददाता
५४७ पटक

बुटवल : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानीबारे धेरै पिठो पिस्नु नपर्ने बताएका छन् ।

तमु ल्होसारको अवसरमा गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गरेको कार्यक्रममा पौडेलले जनताले प्रदेशको स्थायी राजधानी कहाँ चाहन्छन् भन्नेमा प्रदेश सरकार र प्रदेश सांसदहरु जानकार रहेको बताए।

‘प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका विषयमा अब पनि धेरै पिठो पिस्नुपर्छ जस्तो मलाई लाग्दैन । यहाँका जनता के चाहन्छन्, त्यो सांसदहरु जान्दछन् र त्यही आधारमा उचित निर्णय गर्छन्,’ पौडेलले भनेका छन् ।

त्यसअघि कांग्रेस नेता खेलराज पाण्डेले सत्तारुढ दल नेकपाका स्पष्ट दुई तिहाई वहुमत हुँदाहुँदै प्रदेश ५ को स्थायी राजधानी तोक्न ढिलाई भएको भन्दै आलोचना गरेका थिए ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया-बुटवल ६ लेन सडक, अन्तराष्ट्रिय सभाहल, सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग लगायतका आयोजना छिट्टै हुने भएकाले प्रदेश राजधानीका लागि बुटवल उपयुक्त हुने उनको धारणा छ ।

नेकपा महासचिव पौडेलले विदा कटौतीबारे प्रधानमन्त्री र सरकारलाई सकारात्मक रुपमा ब्रिफिङ गर्ने आश्वासन दिए । धेरै विदा दिँदा देश निर्माणमा वाधा पुग्ने देखेर सरकारले केही कटौती गरेको पनि उनले स्पष्टीकरण दिए ।

शुभकामना सन्देश पठाउने विचारमा रहेको तर, गुरुङ समुदायले विदा कटौतीको विरोधमा कालो ब्यानरमा कार्यक्रम गर्दैछन् भन्ने थाहा पाएर बुटवल आएको उनले बताए ।

ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनमा रहेका गुरुङ समुदायले शनिबार बुटवलमा वृहत विरोध र्‍याली निकालेका थिए । र्‍यालीमा ५ हजार बढीको सहभागिता रहेको परिषदका सचिव ओमप्रकाश गुरुङले बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...