News Portal

शाही युवा शक्ती नेपालद्धारा चाडै कालो गणतन्त्रलाई झापड दिने चेतावनी

हिमाली संचार संवाददाता
७६७ पटक

काठमाण्डौ : स्वर्गीय राजा बिरेन्द्रको ७४ अौं जन्मजयन्तीको अवसरमा शाही युवा शक्ती नेपालले राजधानीमा बृहत मोटरसाईकल र्‍याली निकालेको छ ।

ललितपुरको लगनखेलबाट सुरु भएको मोटरसाईकल र्‍याली जाउलाखेलमा रहेको स्व. राजा बिरेन्द्रको शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो । हजारौंको संख्यामा मोटरसाईकल सहित युवाहरूले र्‍यालीमा सहभागीता जनाएका थिए । र्‍यालीका सहभागीहरू ले ‘राजा आऊ देश बचाउ’ भन्दै गणतन्त्र विरोध नारा समेत लगाएका थिए ।

स्व. राजा बिरेन्द्रको शालीकमा माल्यार्पण गरेपछी कोणसभामा सम्बोधन गर्दै शाही युवा शक्ती नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले यही पुष २७ गते हजारौ जनताको साथ सिंहदरबारमा भएका नेतारूपी भेडाहरूलाई बिस्थापन गरी राजसंस्था फर्काउने उद्धघोष गरेका छन् ।

खड्काले सासंदमा शुक्रबार मात्रै पुर्वराजा ज्ञानेन्द्रको गतिविध माथी प्रतिबन्ध लगाई नजरबन्धमा राख्नु पर्छ भन्ने आवाज उठेको भन्दै आँट भए आफुलाई हालेर देखाउन चुनौती समेत दिएका छन् ।

कार्यक्रममा शाही युवा शक्ती नेपालका केन्द्रिय सदस्य संयोग जंग शाहले पतन र अलोकप्रिय हुदै गरेको यो कालो गणतन्त्र र कपुत कम्युनिष्टहरू पुर्वराजा ज्ञानेन्द्रको लोकप्रियता र राजसंस्था प्रेमीहरूले झपट रावलका साथै यो निरंकुश गणतन्त्र सरकारलाई चाडै नै झापड हान्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...