News Portal

सांसद गगन थापा बोल्दाबोल्दै माइक काटेपछि संसदमा कांग्रेसद्वारा हँगामा

हिमाली संचार संवाददाता
३९५ पटक

काठमाडौं : नेपाली कांग्रेसका सांसद एवं युवा नेता गगनकुमार थापाले बोल्दै गर्दा माइक काटिएको विषयमा कांग्रेसले विरोध गरेको छ। शुक्रबारको संसदको बैठकमा सांसद थापालाई सभामुख कृष्णबहादुर महराले ३ मिनेटको समय दिएका थिए ।

सांसद थापाले आफनो मोबाइलको घडी हेरेर कम्युनिस्ट सरकारका गलत क्रियाकलाप हरूको भण्डाफोर गरेका थिए । नेपाली कांग्रेसका सांसद थापाले बोल्दै गर्दा माइक काटिएको थियो ।

३० सेकेण्ड समय हुँदाहुँदै सभामुख महराले माइक काटेपछि कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले उभिएर संसद भवनभित्र रहेको घडी बिग्रिएको र अव्यवस्थाको विरोध गरेका थिए ।

उनले गगन थापाले बोल्दै गर्दा समय हुँदाहुँदै किन माइक काटेको भनेर आपत्ति जनाए। त्यसपछि सभामुख महराले प्राविधिक विषयमा समस्या भएको भन्दै सचिवालयलाई घडी बनाउन निर्देशन दिएका थिए ।

कांग्रेसका युवा नेता थापाले शेरबहादुर देउवाले नेतृत्वको गरेको सरकारले ल्याएको कर्मचारी समायोजन सम्बन्धी विधेयकलाई छलेर प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले अध्यादेशबाट कर्मचारी समायोजन गरेको भन्दै विरोध गरे ।

संसदलाई छलेर ओली सरकारले अध्यादेशबाट कर्मचारी समायोजन गर्न खोजेको भन्दै विभेदकारी अध्यादेश फिर्ता गरेर कर्मचारी समायोजन विधेयक सदनमा पेश गर्न कांग्रेसका सांसद थापाले कम्युनिस्ट सरकारलाई चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...