News Portal

युएईको नेपाली दूतावास कुन क्षेत्रमा सर्दैछ ?

हिमाली संचार संवाददाता
५६२ पटक

रामकुमार परियार
युएई : संयुक्त अरब ईमिरेट्स (युएई) को अबुधाबीस्थित नेपाली दूतावास आगामी आईतबार देखि नयाँ ठाउँमा सर्ने भएको छ। दुतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीको अल करामा क्षेत्रमा रहेको दूतावास आगामी पुस १५ देखि अल नयन क्षेत्रमा सर्ने जनाएको हो।

हाल दूतावास रहेको अल करामा क्षेत्र अबुधाबीको मुख्य केन्द्रबाट करिब ३ किलोमिटर भित्र पर्छ। यहाँ  आईपुग्न सार्वजनिक सवारीसाधनको प्रयोग गरि विभिन्न राज्यबाट आउने सेवाग्राहीले अबुधाबीको मुख्य बस टर्मिनलबाट पुनः ट्याक्सी चढ्नुपर्ने स्थिति थियो। यसबापत सेवाग्राहीले थप अतिरिक्त शुल्क र समयको भार व्यहोर्दै आएका थिए।

सेवाग्राहीको सेवा र सुविधालाई ध्यान दिंदै नेपाल र युएईको परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर नयाँ स्थानमा दूतावास सार्ने निधो गरिएको दूतावासले जनाएको छ।

दूतावासको स्थान्तरण पछि कार्यालय प्रयोजनका लागि आवश्यक नयाँ भवनका लागि घरधनीसंग गत आईतबार ५ वर्षको सम्झौता गरिएको नेपाली दूतावासका कार्यवाहक राजदुत सागर फँयालले जानकारी दिए।

करिब १० हजार वर्ग्फिट क्षेत्रफलमा फैलिएको दूतावास परिसरमा १८ कोठाको साढे ३ तले भवन , सभा हल र महिला सुरक्षीत आवास गृह रहने फुयाँलले बताए।

नयाँ ठाउँ पुग्न अबुधाबीको मुख्य बस टर्मिनलमा झरेर पूर्वतर्फको आकाशे पुल पार गरी तीनदेखि पाँच मिनेटसम्म हिँड्नुपर्छ। दूतावासको स्थान परिवर्तन गरिएपनि टेलीफोन, ईमेल र फ्याक्स नम्बरहरु यथावत रहने दूतावासले जनाएको छ।

नेपाल र युएई बिच २२ जनवरी १९७७ मा कुटनैतिक संबन्ध स्थापना भएको हो। निर्माण, सुरक्षा, सेवा र व्यवसायिक क्षेत्रमा गरि करिब ४ लाख नेपाली युएईमा कार्यरत रहेको बताईन्छ।

हेर्नुहोस दूतावासद्वारा जारी बिज्ञप्ती !

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...