News Portal

जाजरकोटमा मन्त्रीहरु मेला उद्घाटनमा लर्को लागेपछि…

हिमाली संचार संवाददाता
६३३ पटक

बद्री पन्त
जाजरकोट : तेस्रो जाजरकोट महोत्सव उद्घाटन कार्यक्रममा मन्त्रीहरुको लर्को लागेको छ । उद्योग बाणिज्य संघ जाजरकोटले खलंगामा आयोजना गरेको उक्त महोत्सवमा मन्त्रीहरुको लर्को लागेको हो ।

जिल्ला स्तरको सामान्य महोत्सव उद्घाटनमा संघीय सरकार तथा कर्णाली प्रदेश सरकारका मन्त्रीको ओइरो लागेपछि स्थानीय बासिन्दा दंग परेका छन् ।

सरकारी कामकाज र जनताका जनजिविकाका सवाललाई वेवास्ता गर्दे ओइरो लागेर ३ जना मन्त्रीहरुले महोत्सव उद्घानमा समय खर्चेको देख्दा स्थानीय बासिन्दा दंग परेका हुन् ।

महोत्सव उद्घाटनमा संघीय सरकारका बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, भुमि तथा कृषि मन्त्री विमला केसी र अन्य सांसदहरुको सहभागिता रहेको छ ।

विकास र समृद्धीका लागि भन्दा रमाइलो तथा मनोरञ्जन, तालिम, गोष्ठी फर्म लगायत उद्घाटन मन्त्रीहरुले समय खर्चने गरेको स्थानीय केबी मल्लले बताए । ‘यस जिल्लामा करोडौं खर्चेर बनाएका खलंगा पाँचकाटीया लगायत सडकमा दशक वित्दा समेत बस गुड्न सकेको छैन ।

दर्जनौं पुल लगायत संरचना निर्माण अलपत्र छन् । खाद्य अभाव तथा बेरोजगारी, स्वास्थ्य उपचारका समस्या जिउका तिउ छन् ।

यस तर्फ मन्त्रीज्युहरुको ध्यान छैन,’ मल्लले भने । सरकारका मन्त्रीले मेलापर्व उद्घाटनमा समय खेर फालेर समृद्धिको कुरा गर्न मिल्दैन,’ उनले भने । सरकारले जनताले परिणाम देखिने गरी काम गर्न नसकेको मल्लको भनाई छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...