News Portal

जाजरकोटमा मन्त्रीहरु मेला उद्घाटनमा लर्को लागेपछि…

हिमाली संचार संवाददाता
५६० पटक

बद्री पन्त
जाजरकोट : तेस्रो जाजरकोट महोत्सव उद्घाटन कार्यक्रममा मन्त्रीहरुको लर्को लागेको छ । उद्योग बाणिज्य संघ जाजरकोटले खलंगामा आयोजना गरेको उक्त महोत्सवमा मन्त्रीहरुको लर्को लागेको हो ।

जिल्ला स्तरको सामान्य महोत्सव उद्घाटनमा संघीय सरकार तथा कर्णाली प्रदेश सरकारका मन्त्रीको ओइरो लागेपछि स्थानीय बासिन्दा दंग परेका छन् ।

सरकारी कामकाज र जनताका जनजिविकाका सवाललाई वेवास्ता गर्दे ओइरो लागेर ३ जना मन्त्रीहरुले महोत्सव उद्घानमा समय खर्चेको देख्दा स्थानीय बासिन्दा दंग परेका हुन् ।

महोत्सव उद्घाटनमा संघीय सरकारका बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, भुमि तथा कृषि मन्त्री विमला केसी र अन्य सांसदहरुको सहभागिता रहेको छ ।

विकास र समृद्धीका लागि भन्दा रमाइलो तथा मनोरञ्जन, तालिम, गोष्ठी फर्म लगायत उद्घाटन मन्त्रीहरुले समय खर्चने गरेको स्थानीय केबी मल्लले बताए । ‘यस जिल्लामा करोडौं खर्चेर बनाएका खलंगा पाँचकाटीया लगायत सडकमा दशक वित्दा समेत बस गुड्न सकेको छैन ।

दर्जनौं पुल लगायत संरचना निर्माण अलपत्र छन् । खाद्य अभाव तथा बेरोजगारी, स्वास्थ्य उपचारका समस्या जिउका तिउ छन् ।

यस तर्फ मन्त्रीज्युहरुको ध्यान छैन,’ मल्लले भने । सरकारका मन्त्रीले मेलापर्व उद्घाटनमा समय खेर फालेर समृद्धिको कुरा गर्न मिल्दैन,’ उनले भने । सरकारले जनताले परिणाम देखिने गरी काम गर्न नसकेको मल्लको भनाई छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...