News Portal

निर्मला र बाइडबडी प्रकरणमा प्रधानमन्त्री ओलीले खोले मुख

हिमाली संचार संवाददाता
४०१ पटक

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भए छानबिन गर्ने बताएका छन् । बिहीबार बसेको नेकपा स्थायी कमिटीमा ओलीले यस्तो बताएका हुन् ।

बुधबार बसेको संसद बैठकमा विपक्षी नेता शेरबहादुर देउवाले बाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेका थिए । त्यस्तै नेकपा नेताहरुले पनि आज बाइडबडी खरिद प्रकरणमा ओलीलाई प्रश्न गरेपछि मुख खोलेका हुन् ।

यस्तै ओलीले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा पनि बैठकमा मुख खोलेका छन् । बैठकमा उनले निर्मला प्रकरणमा सुरुमा  केही कमजोरी भएपनि अहिले प्रभावकारी रुपमा छानबिन भइरहेको बताए ।

उनले भने, ‘आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाएर छाड्छौं ।’

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...