News Portal

सन्दीपको सनसनी जारी, लिए तीन खेलमा सात विकेट

हिमाली संचार संवाददाता
६७३ पटक

काठमाडौं– अस्ट्रेलियन बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सशक्त प्रदर्शन जारी राखेका छन् । लिग अन्तर्गत बिहीबार भएको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शनमा मेलबर्न स्टार्सले पहिलो जित हात पारेको छ । यस जितसँगै सन्दीप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । सन्दीपको ब्यक्तिगत सात विकेट पुगेको छ ।

बिहीबार भएको खेलमा सन्दीपले चार ओभरमा मात्रै १८ रन खर्चेर दुई विकेट लिएका थिए ।

जसमा मेलबर्नले सिड्नी सिक्सरविरुद्ध पाँच विकेटको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एकसय ३० रन बनाएको थियो । जवाफमा सन्दीपको टोली मेलबर्नले १४.५ ओभरमा पाँच विकेट गुमाएर एकसय ३२ रन बनाएको थियो । मेलबर्नको जितमा पिटर ह्यान्ड्सकम्बले ७० रन बनाए ।

सन्दीपले यस अघिका खेलमा पनि लगातार विकेट लिएका थिए । उनले डेब्यु खेलमै सिड्नी थन्डरविरुद्ध दुई र होबर्ट हुरिकेन्सविरुद्ध तीन विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...