News Portal

निर्मलाको हत्यारा पत्ता लाग्यो भनेर ढाँट्ने उपप्रधानमन्त्रीको मागे सांसद पाण्डेले राजीनामा

हिमाली संचार संवाददाता
५४५ पटक

काठमाडौं : राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो भनेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनतालाई ढाँटेको बताएका छन्।

राष्ट्रिय सभामा बुधबार बोल्दै नेता पाण्डेले रक्षामन्त्रीले ‘हत्यारा खोइ’ भन्दै प्रश्न गरे। रक्षामन्त्रीले निर्मलाको हत्यारा पत्ता लागिसक्यो, छिटै सार्वजानिक गर्छौं। हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन नआउनुहोला’ भनेको प्रसंग निकाल्दै निर्मलाको हत्यारा खोइ भनेर प्रश्न गरेका हुन्।

‘उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलजीले केही समयअघि भन्नुभयो, निर्मलाको हत्यारा पत्ता लागिसक्यो। छिटै सार्वजानिक गर्नेछौं। राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन नआउनुहोला,’ सांसद पाण्डेले पोखरेललाई आफ्नो भनाइ सम्झाउँदै भने, ‘त्यसको १५ दिनपछि आइजिपीले पत्रकार सम्मेलनमा हत्यारा अझै पत्ता लागिसकेको छैन भन्नुभयो।

छाता ओढाउलान् भनेर हिजो आशंका गर्ने उपप्रधामन्त्रीले हत्यारा अहिलेसम्म सार्वजानिक नगरी किन लुकाएको भन्दै सांसद पाण्डेले प्रश्न गरेका छन्। ‘पत्ता लगाएको हत्यारालाई किन सरकार आफैंले छाता ओढाएर लुकाइराखेको छ?’ सांसद पाण्डेले भने, ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्री वा आइजिपीले यसबारे जवाफ दिनुपर्छ। जनतालाई गुमराहमा राख्न पाइँदैन।

निर्मलाको हत्यारा पत्ता नलागेको भए गैरजिम्मेवार अभिव्यक्ति दिएका उपप्रधान तथा रक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए। ‘राज्य, मुलुक वा जनतालाई दिनदहाडै यसरी ढाँट्न पाइन्छ?’ उनले भने, ‘गैरजिम्मेवार अभिव्यक्ति दिनेले पदमा बस्न सुहाउन्न।

निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिनेहरुलाई सरकारले गिरफ्तार गरेर दु:ख दिएको उनले बताए। संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याएर सरकारले संसदको अवमूल्यन गरेको उनले बताए।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...