News Portal

  • प्रचण्डलाई मुद्वा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने : राजेन्द्र महतो

    हिमाली संचार संवाददाता
    ४३३ पटक

    काठमाडौं : राजपा नेता राजेन्द्र महतोले बुधबार संसदको रोस्टमबाट नेकपा अध्यक्ष प्रचण्डतिर हेर्दै प्रश्न तेर्साए – ‘प्रचण्डजी, तपाईले त १० वर्ष आन्दोलन गर्नुभो । जनयुद्ध गर्नु भो । हजारौं मान्छे शाहदत भए । सुरक्षा निकाय मारिए । कसलाई मुद्दा लाग्यो ? कोमाथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’

    सांसद महतोले थपे, ‘अनि रेशम चौधरी जनताबाट निर्वाचित चाहिँ जेलमा बस्नुपर्ने ? यो के हो ? थारु हुँदैमा जेलमा कोच्ने निर्वाचित सांसदलाई ? मधेसी हुँदैमा पेल्दिने ? के यही हो लोकतन्त्र ? यसैका लागि लडेका हौं हामी ?’

    विभिन्न कालखण्डमा अधिकारका लागि आफूहरुले पनि मिलेर संघर्ष गरेको महतोले प्रचण्डलाई सम्झाउने प्रयास गरे । उनले भने- ‘विविध कालखण्डमा विविध आन्दोलन गरेको हो हामीले । एक्लै गरेको हो तपाईले ? हामी सबै मिलेर गरेको हो, लोकतन्त्रका लागि, अधिकारका लागि । अनि एक मुलुकमा दुईवटा व्यवहार ? तपाईले आन्दोलन गर्दा देशको प्रधानमन्त्री हुने । अनि त्यो थारुको बच्चाले आन्दोलन गर्दा जेलमा हुने ?

    कैलालीबाट निर्वाचित राजपा सांसद रेशम चौधरीलाई सपथ ग्रहणसमेत गर्न नदिई जेलमा हालेको विषयमा महतोले आपत्ति जनाएका हुन् । निर्वाचित सांसद चौधरीलाई जेलमा कोचेर सदनमा उपस्थित नगराउनु जनताको, जनादेशको अपमान भएको उनले बताए ।

    महतोले भने, ‘यो लोकतन्त्रको अपमान हो । यो अधिवेशनमा जनताबाट निर्वाचित भएका सांसद बस्नुपर्छ कि पर्दैन ? कैलालीबाट निर्वाचित भएका थारुका छोरा रेशम चौधरी संसदमा रहनुपर्छ कि पर्दैन ? किन संसदमा आएनन् ? थारुले आन्दोलन गर्‍यो अधिकारका लागि ? अरे आन्दोलन यहाँ कसले गरेन ?’

    कैलाली घटनामा सुरक्षाकर्मीको हत्या भएपछि सोही आरोपमा रेशम चौधरी र अन्य केही थारु नेताहरु अहिलेसम्म जेलमै छन् । राजपा नेता महतोले बुधबार संसदमा बोल्दा यो घटनालाई पटक-पटक माओवादी जनयुद्धसित तुलना गर्न खोजे । प्रचण्डले गरेको आन्दोलनमा सुरक्षाकर्मी मारिँदा कसैले पनि जेलमा बस्नु नपरेको तर रेशम चौधरीलाई जेल हालेर राज्यले भेदभावपूर्ण व्यवहार गरेको महतोको तर्क थियो ।

    ‘प्रचण्डजी गम्भीरतापूर्वक सोचौं, दुईवटा व्यवहार हुनै सक्दैन क्या ! तपाईको जनयुद्धमा १०/२० हजार मान्छे मरे । सुरक्षा निकाय मरे, अनि तपाई प्रधानमन्त्री हुनुभो, मन्त्रीहरु छन् । कसैलाई मुद्दा नलाग्ने तर, थारु आन्दोलनमा अपि्रय घटना भयो, केही सुरक्षाकर्मीहरु मारिए, अनि लक्ष्मण थारुलाई जेलमा राखेको छ । सांसद रेशम चौधरीलाई यहाँ चारखालको जेलमा राखेको छ । यो हुन सक्दैन ।

    महतोले अगाडि भने, ‘यो मुलकमा भेदभावले चरम सीमा नाघ्न लागिसक्यो । प्रचण्डजीले बोलिदिनुभयो, सब ठीकठाक छ । कहाँ छ सब ठीकठाक ? सब ठीकठाक छैन । सब ठीकठाक भइसक्यो ? शान्ति भइसक्यो मुलुकमा ? यसरी कसरी शान्ति हुन्छ हौ ? यसरी हुन सक्दैन नि । कुन दिन बिस्फोट भैजान्छ, ठेगान छैन ।

    महतोले संसदमा बोल्दै गर्दा प्रधानमन्त्री केपी ओली उपस्थित थिएनन् । उनी विपक्षी दलका नेता शेरबहादुर देउवाको भाषण सुनिसकेपछि संसदबाट बाहिरिएका थिए । केपी ओली त्यहाँ नभएपछि महतो प्रचण्डतिर खनिए । उनले भने, प्रधानमन्त्री त उठेर गइदिनु भो, मैले भनेको थिएँ, बस्नोस् ।

    महतोले सुरुमा निकैबेर सांसद रेशम चौधरीकै प्रशग दोहोर्‍याए । उनले भने- ‘यो सरकारलाई हामीले पटक-पटक भन्यौं प्रमाणपत्र दे । निर्वाचन आयोगले घोषणा गरिसक्यो, जनताले चुनाव जिताइसके । तपाई प्रमाणपत्र दिनुहुन्न, उसलाई सपथग्रहण गराउनुहुन्न । देशका गृहमन्त्री जान्छन् र अनसनमा जुस खुवाएर म गर्छु भन्छन् । खोई त ? १० महिना भइसक्यो ।’

    ‘धम्की दिन खोजेको हैन’ भन्दै महतोले ओली सरकारलाई चेतावनीको भाषामा भने- ‘म त धेरै भन्न चाहन्न । लहरो तान्दा पहरो जान्छ है ! अत्याचारको सीमा, पराकाष्टाको पनि सीमा हुन्छ । मैले यहाँ कुनै चुनौती र धम्की दिन खोजेको हैन, तर, जुन जुन कालखण्डमा जनतामाथि अन्याय र अत्याचार भएको छ, त्यहाँ बिस्फोट भएको छ ।

    प्रधानमन्त्रीज्यू, सात दिनमा बताउनोस्’

    जेलमा रहेका रेशम चौधरीको पक्षमा लविङ गरिसकेपछि राजपा नेता महतोले संविधान संशोधनको मुद्दा उठाए । मंगलबारमात्रै प्रधानमन्त्री ओलीसँग राजपा नेताहरुको भेट भएको संसदलाई जानकारी दिँदै महतोले अबको सात दिनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

    राजपा नेता महतोले भने, ‘संविधान संशोधन कहाँ हरायो ? प्रधानमन्त्रीजीलाई हिजो भेट्यौं । फेरि सात दिनको म्याद ! सात दिनमा बताउने रे । सात दिनमा राम्रोसित बताउनोस् । प्रधानमन्त्रीजी, हामीले उठाएका सवालहरु कसरी समाधान गर्ने हो ? राम्रोसँग बताउनोस् ।

    ओली सरकारलाई राजपाले समर्थन गरेको भएता पनि सरकारले राजपाको मागप्रति बेवास्ता गरेको महतोको गुनासो थियो । उनले भने- ‘एक हातले त ताली बज्दैन नि ।

    आफ्नै सहयात्रीसमेत सरकारमा गएको भन्दै महतोले संघीय समाजवादी फोरमका नेता उपेन्द्र महतोलाई व्यंग्य गर्न भ्याए । तर, आफ्नो सहयात्रीलाई खोज्दाखेरि नभेटेको महतोले बताए ।

    कम्युनिस्ट समृद्धि अभियान भन्नोस्’

    राजपा नेता महतोले ओली सरकार संघीयता असफल पार्न लागिपरेको आरोपसमेत लगाए । तराई मधेस समृद्धि अभियानका नाममा नेकपाले आफ्ना कार्यकर्ता पोस्ने काम गरिरहेको उनको आरोप छ । महतोले संसदमा भने- ‘तराई मधेस समृद्धि अभियानको नाम बदल्नोस् । तराई मधेस कम्युनिस्ट समृद्धि अभियान बनाउनोस् । कम्युनिस्ट समृद्धि आन्दोलन भन्दिनोस् । उल्टोपुल्टो काम नगर्नोस् ।

    सरकारले मदन भण्डारी राजमार्गका नाममा चुरे विनास गर्न लागेको महतोको आरोप छ । उनले भने- ‘चुरे खत्तम गरेर मधेसलाई मरुभूमि बनाउने ? चुरेलाई नास हुने काम नगर्नोस् ।

    मधेसमा शीतलहर सुरु हुन लागेको भन्दै गरीवगुरुवाहरुको जीवनरक्षाका लागि लाग्न सांसद महतोले सरकारसित आग्रह गरे । उनले भने- ‘मधेसमा शीतलहर सुरु भइसकेको छ । गरीव गुरुवाहरुलाई सरकारले अलिकति व्यवस्था गर्नुपर्‍यो ।’

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal