News Portal

कांग्रेसको तयारीले झस्कियो सरकार, संसदमा घम्साघम्सीको संकेत

हिमाली संचार संवाददाता
४९७ पटक

विमल योगी
काठमाडौं : प्रतिनिधि सभाको हिउँदे अधिवेशन बुधबारदेखि शुरु हुँदै छ । संसद सचिवालयले तयारी धमाधम गरेको छ । संसदको बैठक शुरु हुने अन्तिम तयारी भैरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नै खालको रणनीति बनाउन थालेको छ ।

स्रोतका अनुसार कांग्रेसले मुलुकको पछिल्लो अवस्था विग्रिएको भन्दै संसदमा जोडदार आवाज उठाउने तयारी गरेको हो । आवश्यक पर्‍यो भने कांग्रेसले सदन अवरोधसम्मको योजना बनाएको छ ।

हुन त कांग्रेसले देशभरि प्रदर्शन गर्ने निर्णय महासमिति बैठकबाट गरिसकेको छ । कांग्रेसको यो तयारीले सरकारलाई दवाव पर्ने नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दुई तिहाईको बलियो सरकार हुँदा पनि निर्मला पन्तका हत्याराहरू पक्राउ पर्न नसक्नु, शान्ति सुरक्षामा समस्या देखिनु, महँगी रोक्न नसक्नु, भ्रष्टाचार मौलाउनु जस्ता कार्यहरूबाट जनता आजित बनेको बताए । उनले यी समग्र विषयमा सरकारसँग कांग्रेसले जवाफ माग्ने उल्लेख गरे ।

सरकारका क्रियाकलापलाई अहिलेसम्म मसिनो गरेर हेर्दै आएका कांग्रेस नेताहरूले आगामी दिनमा कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छन।

केन्द्रीय सदस्य गिरीले सरकारका राम्रा कामको प्रशंसा र नराम्रा कामको सोही अनुसारको आलोचना गर्नेबेला आएको बताए । महासमिति बैठकपछि कांग्रेसले नयाँ उर्जाका साथ सरकारलाई खबरदारी गर्ने बताए।

महासमिति बैठकमा पनि कांग्रेसले संसद र सडकमा भूमिका निभाउन नसकेको भनेर आलोचना भएको थियो । त्यसपछि कांग्रेसका नेताहरूले दुबै स्थानमा कडा रुपमा प्रस्तुत हुने सहमति गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...