News Portal

कांग्रेसको तयारीले झस्कियो सरकार, संसदमा घम्साघम्सीको संकेत

हिमाली संचार संवाददाता
४२७ पटक

विमल योगी
काठमाडौं : प्रतिनिधि सभाको हिउँदे अधिवेशन बुधबारदेखि शुरु हुँदै छ । संसद सचिवालयले तयारी धमाधम गरेको छ । संसदको बैठक शुरु हुने अन्तिम तयारी भैरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नै खालको रणनीति बनाउन थालेको छ ।

स्रोतका अनुसार कांग्रेसले मुलुकको पछिल्लो अवस्था विग्रिएको भन्दै संसदमा जोडदार आवाज उठाउने तयारी गरेको हो । आवश्यक पर्‍यो भने कांग्रेसले सदन अवरोधसम्मको योजना बनाएको छ ।

हुन त कांग्रेसले देशभरि प्रदर्शन गर्ने निर्णय महासमिति बैठकबाट गरिसकेको छ । कांग्रेसको यो तयारीले सरकारलाई दवाव पर्ने नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दुई तिहाईको बलियो सरकार हुँदा पनि निर्मला पन्तका हत्याराहरू पक्राउ पर्न नसक्नु, शान्ति सुरक्षामा समस्या देखिनु, महँगी रोक्न नसक्नु, भ्रष्टाचार मौलाउनु जस्ता कार्यहरूबाट जनता आजित बनेको बताए । उनले यी समग्र विषयमा सरकारसँग कांग्रेसले जवाफ माग्ने उल्लेख गरे ।

सरकारका क्रियाकलापलाई अहिलेसम्म मसिनो गरेर हेर्दै आएका कांग्रेस नेताहरूले आगामी दिनमा कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छन।

केन्द्रीय सदस्य गिरीले सरकारका राम्रा कामको प्रशंसा र नराम्रा कामको सोही अनुसारको आलोचना गर्नेबेला आएको बताए । महासमिति बैठकपछि कांग्रेसले नयाँ उर्जाका साथ सरकारलाई खबरदारी गर्ने बताए।

महासमिति बैठकमा पनि कांग्रेसले संसद र सडकमा भूमिका निभाउन नसकेको भनेर आलोचना भएको थियो । त्यसपछि कांग्रेसका नेताहरूले दुबै स्थानमा कडा रुपमा प्रस्तुत हुने सहमति गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...