News Portal

स्वास्थ्य क्षेत्रमा अनुभवी गाउँपालिका अध्यक्ष विष्ट आफैँ बिरामीको चेकजाँच

हिमाली संचार संवाददाता
६५८ पटक

प्रकाश पार्की 
डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले संचालन गरिरहेको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट आफैँ बिरामीको चेकजाँच गरिरहेका छन्।

लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका विष्टले आफ्नो अनुभव निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट गाउँपालिकाका स्थानीय नागरिक माझ सेवा बाँडिरहेका हुन्। गाउँपालिकाले ५ वटै वडामा आयोजना गरेको शिविरमा उनी बिरामीहरूको चेकजाँच तथा उपचार सेवामा संलग्न भइरहेका छन्।

२४ वर्षसम्म डडेल्धुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेवको रूपमा काम गरेका विष्ट स्थानीय नागरिकको आफूप्रति विश्वास कायमै रहेको उनले बताए। ‘मैले विगतका २४ वर्ष स्वास्थ्य क्षेत्रमै काम गरेको हुँ’, उनले भने, ‘त्यही अनुभवका आधारमा यहाँका जनतालाई स्वास्थ्य सेवा दिइरहको छु। मप्रति यहाँका नागरिकको विश्वास छ, राम्रो सेवा दिन्छ भनेर।’ उनले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँस्तरमै सेवा दिने उद्देश्यले निःशुल्क सेवा दिइरहेको उनको भनाइ छ।

शिविरमा साधारण स्वास्थ्य चेकजाँच तथा उपचार, ज्येष्ठ नागरिक निःशुल्क आँखा जाँच तथा उपचार, पाठेघर खसेका महिलाहरूका लागि जाँच, रिङपेसरी राख्ने तथा प्रेषण, दन्त उपचार, प्रयोगशाला, फार्मेसी, युएसजी (भिडियो एक्सरे)लगायतका सेवा गाउँपालिकाले दिइरहेको छ।

पहाडी जिल्लाका महिलाहरूमा पाठेघर खस्ने समस्या बढी हुने गरेकामा शिविरमा पनि बढी जस्तो पाठेघर खस्ने, सेतो पानी बग्ने समस्या भएका महिलाहरू देखिएको शिविरमा संलग्न उपक्षेत्रीय अस्पताल डडेल्धुराका डा. दिनेश उपाध्यायले बताए। यस्तै, ज्येष्ठ नागरिकहरूमा उच्च रक्तचाप, स्वासप्रश्वास, मधुमेह र आँखाको समस्या भएका बिरामी देखिएको उनको भनाइ छ।

निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि गाउँपालिकाका स्थानीय नागरिक खुसी भएका छन्। नवदुर्गा–१ निन्तोलाका कमलसिंह रैकाल, मंगलबार बिहान कोटेली स्वास्थ्य चौकीमा पुगे। गाउँपालिकाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उनी मात्रै आएनन्, उनका छिमेकी पनि शिविरमा आए। वर्षले ६५ काटेका रैकालका आँखा कम देख्ने भएपछि उनी आँखाको चेकजाँचका लागि स्वास्थ्य शिविरमा आएका हुन्।

आँखाको चेकजाँचपछि उनलाई डाक्टरले चस्मा लगाउन सुझाए र उनलाई शिविरमा निःशुल्क दिइयो। निःशुल्क चस्मा पाएपछि उनी खुशीले दंग छन्। ‘म पत्रपत्रिका पढ्ने मान्छे। मोबाइलमा कसले फोन गर्‍यो थाहा नै हुँदैनथ्यो’ उनले भने, ‘अहिले चस्मा लगाए पनि देख्न थालेको छुँ। म खुसी छुँ।

सानोतिनो बिरामी भए पनि सदरमुकामका अस्पताल धाउनुपर्ने बाध्यता रहने गरेकामा अहिले शिविर संचालन भएपछि आफूहरूले घर नजिकै सेवा पाएको उनको भनाइ छ।

पहिलो दिन मंगलबार नवदुर्गा गाउँपालिका–१ म रहेको कोटेली स्वास्थ्य चौकीमा निःशुल्क शिविर संचालन गरिएको छ। बुधबार पनि कोटेली स्वास्थ्य चौकीमा शिविर संचालन गरिने गाउँपालिकाले जनाएको छ। पहिलो दिन तीन सय जनाले सेवा लिएको बताइएको छ।

गाउँपालिकामा मंगलबारदेखि सुरु भएको निःशुल्क स्वास्थ शिविर प्रत्येक वडामा २ दिन संचालन गरिने जनाइएको छ। पुस १९ गतेसम्म संचालन हुने शिविरमा पाँच हजार बढी सेवाग्राहीले सेवा लिने गाउँपालिकाले जनाएको छ। गत वर्ष पनि गाउँपालिकाले एकीकृत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो। उक्त शिविरमा गाउँपालिका भित्रका तीन हजार बढी नागरिकले सेवा लिएका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...