News Portal

  • कुवेतमा आउदो शुक्रबार हुन लागेको तमू ल्होसार बिशेष कार्यक्रमको तयारी पुरा

    हिमाली संचार संवाददाता
    ५८३ पटक

    कुवेत : तमू ल्होसार २०१८ का अबसरमा आगामी डिसेम्बर २८ शुक्रबार हुन लागेको “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङले हिमाली संचारलाई जानकारी दिए।

    स्थापानाकाल देखी हरेक बर्ष बिबिध कार्यक्रम गरी ल्होसार मनाउदै आएको समाजले यो बर्ष पनि बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ।

    खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने उदेश्यले तमू समाज, कुवेतले ल्होसार पर्व एक समावेशी ढंगबाट मनाउने भएको हो। साथै उक्त दिन तमुकलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती पनि रहने समाजले जनाएको छ।

    आउदो २८ डिसेम्बर २०१८ शुक्रबारको दिन कुबेतको साल्मियास्थित ईन्डियन पब्लिक स्कुलको सभाहलमा तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक ल्हाेसार कार्यक्रमकाे आयोजना गरिएकाे हुँदा कुबेतमा छरिएर रहनु भएका सम्पुर्ण तमु-तमुस्याेहरु कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार, कलाकार, खेलाडी, बुद्धिजिवी, समाजसेवी, व्यावसायि तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निमन्त्रणा इमेल, मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी तमु समाज कुबेतले अनुरोध गरेको छ।

                 तपशिल

    कार्यक्रम : तमू फो ल्हो ल्हाेसार
    मिति : २८ डिसेम्बर २०१८ शुक्रबार
    समय : दिउँसो १२ बजे
    स्थान : indian public school (एपोलो मेडिकल सेन्टर ओपोजिट, साल्मिया – कुवेत)
    आयोजक : तमु समाज कुबेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...