News Portal

इजरायलमा उत्कृष्ट केयरगिभर बनिन झापाकी जानु लम्साल, १० हजार शेकेल रकम पाईन पुरस्कार

हिमाली संचार संवाददाता
६४३ पटक

इजरायल : सधै जस्तो फलानी नेपाली केटीले वुढीलाई पिटी, तिलानाले वुढो कुट्यो र प्रहरीले समात्यो भन्ने दुखद समाचार सुन्दै आइरहेका हामी इजरायलवासी नेपालीहरुमा कहिलेकाहिं सुखद समाचारहरु पनि सुन्नमा आउने गर्दा रहेछन् ।

विगत एक दशक भन्दा वढी इजरायलमा रोजागारी गर्दै आउनुभएकी विर्तामोड झापाकी नेपाली चेली जानु लम्साल इजरायलमा रहेका सम्पूर्ण केयरगिभर कामदारहरुमा उत्कृष्ट कामदार भई ठूलो इजरायली नगद पुरस्कारबाट पुरस्कृत भएकी छिन । उनलाई १० हजार शेकेल (इजरायली मुद्रा) प्रदान गरिएको छ ।

गत २० नोभेम्वर मंगलवार इजरायली गैर सरकारी संस्था हिस्ताद्रुतले इजरायलमा कार्यरत सम्पूर्ण केयरगिभिर कामदारहरुबाट छनौट गरी उनलाई उत्कृष्ट केयरगिभरको उपमा दिदै शो राशी प्रदान गरिएको थियो । हिस्ताद्रुतले उत्कृष्ट चिकित्सक र उत्कृष्ट समाजसेवी पनि छनौट गरी पुरस्कार प्रदान गरेको थियो ।

विशेष गरी इजरायल सरकारले नेपाल, भारत, फिलिपिन्स, रसिया, थाइल्याण्ड, श्रृलंका, मोल्दोभा, कम्वोडिया लगायतका विभिन्न मुलुकहरुबाट केयरगिभकर कामदारहरु आयात गर्ने गर्दछ ।

हिस्ताद्रुतले विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा लामो समयदेखि राम्रो काम गर्दै आरहेका कामकाहरुको नामावली संकलन गरेको थियो जसमध्येबाट नेपाली चेली जानु लम्साल उत्कृष्ट घोषित भएकी थिइन ।

हिस्ताद्रुतले २४ डिसेम्वर सोमवार एख कार्यक्रमको आयोजना गरी उत्कृष्टहरुलाई ससम्मान सो पुरस्कार राशी प्रदान गरेको थियो ।

सन् १९२०मा  स्थापना गरिएको हिस्ताद्रुत इजरायलको सबैभन्दा पुरानो र ठूलो कामदारहरुको संगठन हो । जसले इजरायल देशको स्थापनाको निम्ती प्रमुख भुमिका खेल्दै आइरहेको हिस्ताद्रुतले कामदारहरुको हक अधिकारको निम्ती लागि पर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...