News Portal

प्रेम प्रस्ताव अस्वीकार गरेपछि शकुन्तला माथी छुरा प्रहार

हिमाली संचार संवाददाता
४९६ पटक

कृष्णउदास खनाल
वीरगन्ज : पर्साको पर्सागढी नगरपालिकामा वडा नं. १, बागवानाकी सकुन्तला कुमारी चौधरी सोमबार विहानै उठेर मुख धोइ खाजा खाएर कलेज तर्फ लागिन् ।

बिहानै कलेज लाग्ने भएकाले उनी हतार हतारमा बिद्यालय तर्फ भौंतारिदै गर्दा उनले सोच्दै नसोचेको घटना ब्यहार्न पर्‍यो । उनी कलेज जाने क्रममा उनीमाथि छुरा प्रहार भयो ।

पर्सागढी न.पा. २ मा रहेको श्री जनता उच्च मा.वि. बडनिहारमा कक्षा ११ मा अध्ययनरत छात्रा शकुन्तला माथी कलेज जाने क्रममा भटनी गाउँका राजेश चौधरीका २० बर्षिय छोरा राजकिशोर चौधरीले छुरा प्रहार गरेका हुन । राजकिशोरले राखेको प्रेम प्रस्ताव अस्वीकार गरे पछि शकुन्तला माथी छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

उनी एकतर्फी प्रेममा रहेको बताइएको छ । राजकिशोर शकुन्तलालाई पटक पटक प्रेम प्रस्ताव स्वीकार गर्न दवाव दिदै आएका थिए । छुरा प्रहराले घाइते भएकी सकुन्तलाको नेशनल मेडिकल क्लेज शिक्षण अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

छुरा प्रहारले शकुन्तलाको शरिरको विभिन्न भागमा चोट लागेको छ । छुरा प्रहार गर्ने राजकिशोरलाई प्रहरीले पक्राउ गरिआवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

यता छुरा प्रहारको घटनामा संलग्नलाई हदै सम्मको कर्वाहीको माग गर्दै स्थनिय महिलाहरुले मानवा प्रहरी चौकी अगाडी प्रदर्शन गरेका छन् । आक्रोशिक महिलाहरुले मनवा प्रहरी चौकीको कम्पाउण्ड वाल समेत भत्कादिएका छन् ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...