News Portal

कुवेतका तीन किराँती संस्थाहरुको संयुक्त कार्यक्रम उधौँली सम्पन्न

हिमाली संचार संवाददाता
५२४ पटक

कुवेत -संयुक्त भाषा, संस्कार र संस्कृतिको संरक्षण किरातिहरुको साझा अभियान ” भन्ने मुल नाराका साथ विगत केही बर्षयता कुवेतमा तीन किराँती संस्थाहरुले किराँती पर्वहरु संयुक्त मनाएको छ ।

कुवेत  कुवेतमा क्रियाशील रहेको तिन किराँती संस्था किराँत राई यायोक्खा,सुनुवार सेवा समाज र किराँत याक्थुङ चुम्लुङ कुवेतले  संयुक्तरुपमा  किराँती  महान पर्व उधौँली स्यादर पिदर र चासोक तङ्नाम भव्यताका साथ् सम्पन्न गरेको छ ।

नेपाली राजदुतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा सुनुवार सेवा  समाजका कार्यबाहक अध्यक्ष लालबहादुर सुनुवारको  सभापतित्वमा रहेको उक्त कार्यक्रमको सहजीकरण सुनुवार सेवा समाजका महासचिव टिकाराम सुनुवार र किराँत राई यायोख्खाका  सचिव रोशन राइले गरेका थिए | नेपाली सङ्घीय समाज कुवेतका अध्यक्ष प्रकाश चामलिंग राई,एनआरएनए कुवेतका कार्यबाहक अध्यक्ष सुमित्रा देवी पौडेल, नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,तमु समाजका अध्यक्ष राजु गुरुङ सहित कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितीको साथमा कुवेतमा रहेका समाजसेवी,बुद्धिजीवी पत्रकार, कलाकारको साथ किराँत तथा कुवेतमा रहेका नेपालीहरको बाक्लो उपस्थिती रहेको कार्यक्रमलाई प्रमुख अतिथि तथा सभापति द्वयले संयुक्तरुपमा पानसमा बत्ति बाली राष्ट्रियगानको साथमा उद्घाटन गरि सुरु भएको थियो  |

कुवेतमा सक्रिय रहेका संस्थाहरु  किरात राई यायोक्खा,सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ कुवेत विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय रहेको छ l नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनको कार्यकाल सम्पन्न गरि नेपाल फर्कन लागेकोले नेपाली संघ संस्थाहरुद्वारा सम्मान तथा बिदाई कार्यक्रम पनि सोहि कार्यक्रममा सम्पन्न गरेको छ |

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...