News Portal

कुवेतका तीन किराँती संस्थाहरुको संयुक्त कार्यक्रम उधौँली सम्पन्न

हिमाली संचार संवाददाता
४५७ पटक

कुवेत -संयुक्त भाषा, संस्कार र संस्कृतिको संरक्षण किरातिहरुको साझा अभियान ” भन्ने मुल नाराका साथ विगत केही बर्षयता कुवेतमा तीन किराँती संस्थाहरुले किराँती पर्वहरु संयुक्त मनाएको छ ।

कुवेत  कुवेतमा क्रियाशील रहेको तिन किराँती संस्था किराँत राई यायोक्खा,सुनुवार सेवा समाज र किराँत याक्थुङ चुम्लुङ कुवेतले  संयुक्तरुपमा  किराँती  महान पर्व उधौँली स्यादर पिदर र चासोक तङ्नाम भव्यताका साथ् सम्पन्न गरेको छ ।

नेपाली राजदुतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा सुनुवार सेवा  समाजका कार्यबाहक अध्यक्ष लालबहादुर सुनुवारको  सभापतित्वमा रहेको उक्त कार्यक्रमको सहजीकरण सुनुवार सेवा समाजका महासचिव टिकाराम सुनुवार र किराँत राई यायोख्खाका  सचिव रोशन राइले गरेका थिए | नेपाली सङ्घीय समाज कुवेतका अध्यक्ष प्रकाश चामलिंग राई,एनआरएनए कुवेतका कार्यबाहक अध्यक्ष सुमित्रा देवी पौडेल, नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,तमु समाजका अध्यक्ष राजु गुरुङ सहित कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितीको साथमा कुवेतमा रहेका समाजसेवी,बुद्धिजीवी पत्रकार, कलाकारको साथ किराँत तथा कुवेतमा रहेका नेपालीहरको बाक्लो उपस्थिती रहेको कार्यक्रमलाई प्रमुख अतिथि तथा सभापति द्वयले संयुक्तरुपमा पानसमा बत्ति बाली राष्ट्रियगानको साथमा उद्घाटन गरि सुरु भएको थियो  |

कुवेतमा सक्रिय रहेका संस्थाहरु  किरात राई यायोक्खा,सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ कुवेत विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय रहेको छ l नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनको कार्यकाल सम्पन्न गरि नेपाल फर्कन लागेकोले नेपाली संघ संस्थाहरुद्वारा सम्मान तथा बिदाई कार्यक्रम पनि सोहि कार्यक्रममा सम्पन्न गरेको छ |

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...