News Portal

बस दुर्घटना अपडेट : २१ जनाको शव भेटियो, रात परेकाले उद्धारमा कठिनाई

हिमाली संचार संवाददाता
४९० पटक

दाङ – सल्यानको कपुरकोटमा रहेको वनस्पति उद्यनको अवलोकन गरेर फर्कने क्रममा तुलसीपुर उपमहानगपालिका ३ राम्रीमा भएको सडक दुर्घटनामा १६ जनाको  शव फेला परेको छ । थप पाँचजनाकाे शव पिन भेटिएकाे छ । अझै ६ जना हराइरहेका छन् ।

बा ४ ख ९७६६ नम्बरको बस तुलसीपूर उपमहानगरपालिका राम्रीमा दुर्घटना भएको हो । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको शिक्षालयका प्रध्यानाध्यापक यादव सुवेदीले जानकारी दिनुभएको छ ।

दुर्घटनास्थलमा तीन महिला र १३ पुरुष गरी १६ जनाको शव राप्ती अञ्चल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा थप पाँच जनाको शव भेटिएको छ । योसँगै मृतकको संख्या २१ पुगेको छ ।

दुर्घटनास्थलमा पाँच महिला र १० पुरुष गरी १५ जना घाइतेलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा ल्याइएको प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराहीमा रहेको कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ राम्रीमा दुर्घटना हुँदा २० जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बताउनुभयो ।

प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार बसमा ३४ जना विद्यार्थी, दुईजना शिक्षक र ड्राइभर गरी जम्मा ३७ जना रहेका थिए । उद्दार कार्य अहिले पनि चलिरहेको छ । राति १० बजेसम्ममा १६ जनाको शव दुर्घटनास्थलबाट निकालेर राप्ती अञ्चल अस्पलातमा पोस्टमार्टमका लागि पुर्याइएको तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष विजय विकले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा  ज्यान गुमाएको १६ जनामध्ये १२ जनाको स्थानीयवासीले नै उद्दार गरेका हुन् ।

विकले दुर्घटनास्थलमा अरु ५ वटा शव फेला परेको बताउनुभयो । ‘खोजी कार्य जारी छ, १६ जनाको शव अस्पताल पठाइएको छ, अरु ५ वटा शव दुर्घटनास्थलमा फेला परे पनि उद्दार गर्न सकिएको छैन,’ विकले भन्नुभयो, ‘अँध्यारो छ, अप्ठ्यारो भएकाले पनि उद्दारमा समस्या भएको हो ।’

विकले गाडीको इन्जिनले केहीको शव किचेको जानकारी दिनुभयो । ‘गाडीको चेसिसभन्दा तल पनि शव देखिन्छ, निकाल्न सकिएको छैन,’ वडा अध्यक्ष विकले भन्नुभयो, ‘माथिको भागमा चाहिँ जता–जतै मोबाइलको रिङटोन बज्छ, घाइते र मृतकको खोजी त्यहीअनुसार पनि गर्नुपर्यो ।’

दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनास्थलमा ६ जना हराइरहेको प्रहरीको भनाई छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीलगायतले उद्धार कार्यलाई जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...