News Portal

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

१७८ पटक

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र पशु अधिकारकर्मीहरू आक्रोशित बनेका छन्। अवोध जनावरलाई कुटपिट गरी जिउँदै गाडिएको घटनाले मानवता नै प्रश्नमा परेको छ।

गत शनिबार काठमाडौं महानगरपालिका–२६ बसपार्क नजिक डेरा गरी बस्दै आएका केही व्यक्तिहरूले कुकुरलाई डोरीले बाँधेर घरभित्र लगेका थिए। घरभित्र लगेर कुकुरलाई निर्घात कुटपिट गरिएको र गम्भीर घाइते अवस्थामा पुगेपछि कम्पाउन्डभित्र खाल्डो खनी जिउँदै पुरिएको उद्धारकर्मीहरूले बताएका छन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै पशु उद्धारकर्मीहरू घटनास्थल पुगेका थिए। उनीहरूले घर परिसरभित्रै पुरिएको अवस्थामा कुकुर फेला पारेका हुन्। घटनाबारे सोधपुछ गर्दा संलग्न व्यक्तिहरूले स्पष्ट कारण खुलाउन नसकेको जनाइएको छ।

उजुरीपछि नेपाल प्रहरी अन्तर्गत नयाँबजार प्रहरी चौकीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ भने एक जना अझै सम्पर्क बाहिर रहेका छन्। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पशु अधिकारकर्मीहरूले दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। मुलुकी अपराध संहिता २०७४ अनुसार पशुपक्षीमाथि क्रूर व्यवहार गर्नेलाई कैद तथा जरिवानासम्मको सजाय व्यवस्था रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...