News Portal

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

१७४ पटक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सुर्खेतमा किशोरी इनिशा बिकमाथि बलात्कारपछि भएको हत्या घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै रंगेली–७ को पिपलचोकमा प्रदर्शन गरिएको हो।

स्थानीय युवा सुरज मण्डल, सम्पत्ति राजवंशी लगायत अन्य युवा तथा बालबालिकाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय दिन तथा यस्ता जघन्य अपराध दोहोरिन नदिन सरकारलाई दबाब दिनुपर्ने माग गरेका छन्।

उनीहरूले “इनिशाका बलात्कारी तथा हत्यारालाई कारबाही गर”, “बलात्कारीलाई फाँसी दे”, “नारीको सम्मान गर”, “घटनाको सत्यतथ्य छानबिन गर” जस्ता नाराबाजी गर्दै विरोध जनाए। साथै, बलात्कारीलाई कारागार व्यवस्थापन गर्न नपाइने भन्दै मैनबत्ती बालेर शोकसमेत मनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...