News Portal

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

२०३ पटक

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। भेडेटार–रविराँके सडक अन्तर्गत पर्ने उक्त सडक खण्डमा वर्षापछि पहाडको माथिल्लो भागबाट ढुंगा र माटो झर्न थालेपछि गए रातिदेखि सवारी आवागमन बन्द भएको हो।

भेडेटार इलाका प्रहरी कार्यालय का अनुसार निरन्तर पहिरो खसिरहेकाले सडक सफा गर्न कठिनाइ भइरहेको छ। निर्माण भइरहेको सडक क्षेत्रमा जोखिम कायमै रहेकाले तत्काल सञ्चालनमा ल्याउन समस्या देखिएको प्रहरीको भनाइ छ।

सडक निर्माणको जिम्मेवारी लिएको एप्को इन्फ्रारेज कम्पनी ले पहिरो पन्छाउन आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। त्यस्तै साँगुरीगढी गाउँपालिका ले पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सडक खुलाउने काम अगाडि बढाइने जनाएको छ।

सडक बन्द हुँदा उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्। स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न र सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...