News Portal

  • राउटे बस्तीको एउटा कथा – समयले कोल्टे फेरिसक्यो ढुङ्गे युगबाट कृषि युग हुदै…

    हिमाली संचार संवाददाता
    ६३७ पटक

    समयले कोल्टे फेरिसक्यो ढुङ्गे युग बाट कृषि युग हुदै अहिलेको बैज्ञानिक युगमा प्रवेश गरिरहेको अवस्थामा एउटा वर्ग अझै पनि पुरानै युगमा देख्दा समृद्धिका कुराहरु निकै खल्लो लाग्दो रहेछ ।

    दैलेख वरपरको गाँउमा हेर्ने कथाको टिमले तयार पारेको राउटे बस्तीको कथाबाट उनीहरुको कष्टकर जिबन देख्दा देशमा रेल भन्दा पहिला तिनीहरुको भान्छामा तेल पुर्याउनु पर्ने भान हुन्छ । पानी जाहाजको आवस्यकता भन्दा उनीहरुको वसोवासको व्यवस्था मिलाउनु ठुलो उपल्बधी जस्तो लाग्छ ।

    पुर्खाको भेष भुषालाई आत्मसाथ गरेर परिवर्तन तर्फ आँउन नखोज्ने उनीहरुको स्वभावलाई परिवर्तन गर्न अत्यन्त जरुरी छ । शिक्षा, स्वास्थ्य र उचित खानपिनको अभावले पक्कै पनि विभिन्न समस्याहरु सिर्जना हुन सक्छन् । भत्ता र सहयोगको कारणले पेशालाई छाडेर त्यही भक्तामा भर पर्ने र आशा गर्ने वानीको बिकास भइरहेको अवस्थामा दिर्घकालिन व्यवस्थामा जोड दिनु पर्ने हो ।

    राउटे वस्तीको प्रतिनिधित्व गर्ने एक बालक बिर्खे शाहीको बोलीहरु सुन्दा उनलाई आफनो देश नै थाहा नभए जस्तो भान हुन्छ । क्यामरा, गाडी,मोवइल जस्ता कुराहरु निकै अनौठो मानिरहेका उनलाई संविधानमा उनको पढ्न पाउने, खान पाउने जस्ता आधारभुत अधिकारको बारे कस्ले भन्ने ।

    विदेशीको सहयोग तथा विभिन्न व्यक्तिहरुको सहयोगले खानको लागि खासै समस्या नभएतापनि त्यो भत्ता तथा सहयोगको मध्यपानमा खर्च भएको अवस्थाले पनि पछिल्लो पुस्तामा पर्ने खराब असरहरु देख्न सकिन्छ ।

    एउटा लुकेको कथा राउटे बस्तीको कथा अवस्य हेर्नु होला ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...