News Portal

फरार अभियुक्त धमाधम पक्राउ !

हिमाली संचार संवाददाता
४७७ पटक

रबिन्द्र बराल
ईलाका प्रहरी कार्यलय रंगेलीले एक साता भित्र ८ जना भन्दा बढी अदालतबाट फरार तथा सजाय पाएका अपराधिहरुलाई पक्राउ गरी अदालत बुझाएर जेल पठाएको छ ।

रंगेली प्रहरी प्रमुख एवंम प्रहरी निरक्षक कबिन्द्र कार्कीका अनुसार सुनवर्षी ४ का मुकेश बहरदार, मनोज बहरदारलाई जबरदस्ती करणी मुद्वाका फरार रहेको र उनिहरुलाई एक वर्ष ५ महिना जेल सजाय पाएका छन ।

धनपालथान गाउँपालिका ७ घर भएका रंजित मुखिया, रंगेली नगरपालिका ७ घर भएका भालु सहनी भन्ने उमेश सहनीलाई चोरी अभियोगका उनीहरु लुकिछिपि रहेको र प्रहरीले पक्राउ गरि उनिहरुलाई १ वर्ष १५ दिन जेल सजाय तथा २६ हजार पाँच सय जरिवाना तय गरेको छ ।

रिसिदेव भन्ने अर्जुन लागु औषध घटनामा ३ वर्ष कैद र २५ हजार जरिवाना भएका ताेेेकिएकाे छ । त्यसै गरी सुनवर्षी न.पा. ८ बस्ने मदन मियाले लागु औषध मुदामा २ वर्ष कैद १ लाख जरिवाना र रंगेली ७ बस्ने मुकेश मंडलले बहुविवाह मुदामा १ वर्ष कैद ५ हजार जरिवाना भएका फरार अपराधिहरुलाई हालैको साता भित्र पक्राउ गरी अदालत बुझाई जेल चलान गरिएको कार्कीले बताउनु भयो ।

पछिल्लो समय रंगेली प्रहरीले अदालतबाट आरोप पाएका अपराधिहरुलाई पक्रने प्रहरीले तिब्रता दिएको छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...