News Portal

फरार अभियुक्त धमाधम पक्राउ !

हिमाली संचार संवाददाता
४५६ पटक

रबिन्द्र बराल
ईलाका प्रहरी कार्यलय रंगेलीले एक साता भित्र ८ जना भन्दा बढी अदालतबाट फरार तथा सजाय पाएका अपराधिहरुलाई पक्राउ गरी अदालत बुझाएर जेल पठाएको छ ।

रंगेली प्रहरी प्रमुख एवंम प्रहरी निरक्षक कबिन्द्र कार्कीका अनुसार सुनवर्षी ४ का मुकेश बहरदार, मनोज बहरदारलाई जबरदस्ती करणी मुद्वाका फरार रहेको र उनिहरुलाई एक वर्ष ५ महिना जेल सजाय पाएका छन ।

धनपालथान गाउँपालिका ७ घर भएका रंजित मुखिया, रंगेली नगरपालिका ७ घर भएका भालु सहनी भन्ने उमेश सहनीलाई चोरी अभियोगका उनीहरु लुकिछिपि रहेको र प्रहरीले पक्राउ गरि उनिहरुलाई १ वर्ष १५ दिन जेल सजाय तथा २६ हजार पाँच सय जरिवाना तय गरेको छ ।

रिसिदेव भन्ने अर्जुन लागु औषध घटनामा ३ वर्ष कैद र २५ हजार जरिवाना भएका ताेेेकिएकाे छ । त्यसै गरी सुनवर्षी न.पा. ८ बस्ने मदन मियाले लागु औषध मुदामा २ वर्ष कैद १ लाख जरिवाना र रंगेली ७ बस्ने मुकेश मंडलले बहुविवाह मुदामा १ वर्ष कैद ५ हजार जरिवाना भएका फरार अपराधिहरुलाई हालैको साता भित्र पक्राउ गरी अदालत बुझाई जेल चलान गरिएको कार्कीले बताउनु भयो ।

पछिल्लो समय रंगेली प्रहरीले अदालतबाट आरोप पाएका अपराधिहरुलाई पक्रने प्रहरीले तिब्रता दिएको छ ।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...