News Portal

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

३०८ पटक

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयत्नमा संघीय, प्रदेश र स्थानीय सरकार सबैको लगानी आवश्यक रहेको बताएकी छन्।

आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्, “केवल संघीय सरकारले मात्र बजेट दिने हो भने स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न अपुग हुन्छ। त्यसैले प्रदेश र स्थानीय तहले पनि बजेट छुट्याउनुपर्छ।” उनले हाल पनि धेरै अस्पतालहरूले स्वास्थ्य बीमाका लागि बजेट नपाएको गुनासो गरेको र सरकारले भुक्तानी दिन नसकेको जानकारी दिइन्।

उनका अनुसार, स्वास्थ्य मन्त्रालयको आफ्नै बजेटबाट करिब एक अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी गरिएको छ। मन्त्रीले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बीमाका लागि रकम छुट्याउन आग्रह गरेकी छन्।

मन्त्री गौतमले सरकारले सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन निरन्तर प्रयास गरिरहेको बताइन्। उनले सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन गर्नुपर्ने र नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन नीति तथा योजना बनाउन आवश्यक रहेको पनि बताइन्।

साथै, गत भदौ २३–२४ को आन्दोलनमा घाइते भएका नागरिकको उपचारमा कुनै कमी नराखिने र अङ्ग प्रत्यारोपण आवश्यक पर्ने व्यक्तिहरूको व्यवस्थापनमा सरकारले ध्यान दिएको जानकारी उनले दिइन्। साथै, सहिद परिवारको मागका विषयमा आवश्यक छलफल पनि भइरहेको उनले उल्लेख

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...