News Portal

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

२२६ पटक

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ जारी छ।

सुनुवाइ न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासमा भइरहेको छ। यसअघि माघ ८ गते सुनुवाइ तोकिएको भए पनि रिट हेर्न नमिल्ने सूचीमा परेको कारण अन्तरिम आदेशबारे छलफल स्थगित भएको थियो।

माघ ६ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले रिटमाथि कारण देखाउ आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई लिखित जवाफ बुझाउन भनिएको थियो।

अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले लामिछानेमाथि लागेको अभियोग कमजोर नबनाउने र कानुनी प्रक्रिया अवरुद्ध नहुने गरी रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ता कार्यालय, सरकारी वकिल कार्यालय तथा प्रधानमन्त्री कार्यालय विपक्षी बनाइएको छ।

निवेदकहरूले मागेका छन् कि मुद्दाको अन्तिम निर्णय नभएसम्म महान्यायाधिवक्ताको निर्णय कार्यान्वयन नगर्न र कुनै कानुनी प्रक्रिया अघि बढाउन नदिन अन्तरिम आदेश दिइयोस्।

महान्यायाधिवक्ता कार्यालयले पुस ३० गते लामिछानेमाथि अभियोग संशोधन गर्ने निर्णय गरेको थियो, जसले उनलाई निर्वाचनमा उम्मेदवारी दिन र निर्वाचित भए राजनीतिक अधिकार प्रयोग गर्न अनुमति दिएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...