News Portal

आर्य-क्षेत्री समाज मकाउले २९६ औं पृथ्वी जन्म जयन्ति मनाउने  

हिमाली संचार संवाददाता
६७४ पटक

कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशित क्षेत्र मकाउमा केही महिना पहिला स्थापना भएको आर्य-क्षेत्रीहरूको समाज मकाउले पौष २७ गते अर्थात ईश्वी संबत २०१९ जनवरी ११ तारीखका दिन राष्ट्र नायक श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहको २९६ औं जन्म जयन्ति एवं राष्ट्रिय एकता दिवश मनाउने भएको छ।

नेपाली राजनितिबाट टाढा रहेको समाजले राष्ट्रिय एकता दिवश मनाउदा प्रवासमा रहेका नेपालीहरूलाई राष्ट्र र राष्ट्रियता प्रति अझै मोह जाग्ने कुरामा बिश्वस्त छन समाजका कोषाध्यक्ष पदम सिंह पन्त।

बिक्रम संबत २०६२/६३ सालको जन आन्दोलन पश्चात अन्त्ये भएको राजतन्त्र र स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १०/११ बर्षमा पृथ्वी नारायण शाहलाई राष्ट्रले नसम्झिए पनि राष्ट्र र राष्ट्रियता प्रति माया मोह भएकाहरूले गणतान्त्रिक नेपाल भए पनि पृथ्वी जयन्ति मनाउन छाडेका छैनन्।यसैलाई निरन्तरता दिने क्रममा आर्य क्षेत्री समाज मकाउले पनि बृहत कार्यक्रम गर्न लागेको हो।

देशमा राजनैतिक अस्थिरताले एक आपसमा अबिस्वास बढी रहेको बेलामा राष्ट्रिय एकता दिवशले नेपाली नेपाली बीच भाबनात्मक संबन्ध प्रगाढ बनाउनेमा ढुक्क छन समाजका अध्यक्ष निरञ्जन खड्का। आर्य-क्षेत्री समाज मकाउले आयोजना गर्न लागेको जन्म जयन्ति एवं राष्ट्रिय एकता दिवशलाई भब्यताको साथ सम्पन्न गराउनका लागि मकाउमा कार्यरत रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई निम्न मिति र स्थानमा गरीमामयी उपस्थित जनाई दिनु हुन हार्दिक अपिल गरेको छ।

तपशील
मिति : २०१९ जनवरी ११ तारीख, शुक्रबार।
समय : बेलुकी १८:०० बजे
स्थान : टेष्ट अफ इण्डिया रेष्टुरेन्ट एम.जि.एम मकाउ नजिक
आयोजक : आर्य-क्षेत्री समाज मकाउ,चीन।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...