News Portal

आर्य-क्षेत्री समाज मकाउले २९६ औं पृथ्वी जन्म जयन्ति मनाउने  

हिमाली संचार संवाददाता
६१९ पटक

कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशित क्षेत्र मकाउमा केही महिना पहिला स्थापना भएको आर्य-क्षेत्रीहरूको समाज मकाउले पौष २७ गते अर्थात ईश्वी संबत २०१९ जनवरी ११ तारीखका दिन राष्ट्र नायक श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहको २९६ औं जन्म जयन्ति एवं राष्ट्रिय एकता दिवश मनाउने भएको छ।

नेपाली राजनितिबाट टाढा रहेको समाजले राष्ट्रिय एकता दिवश मनाउदा प्रवासमा रहेका नेपालीहरूलाई राष्ट्र र राष्ट्रियता प्रति अझै मोह जाग्ने कुरामा बिश्वस्त छन समाजका कोषाध्यक्ष पदम सिंह पन्त।

बिक्रम संबत २०६२/६३ सालको जन आन्दोलन पश्चात अन्त्ये भएको राजतन्त्र र स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १०/११ बर्षमा पृथ्वी नारायण शाहलाई राष्ट्रले नसम्झिए पनि राष्ट्र र राष्ट्रियता प्रति माया मोह भएकाहरूले गणतान्त्रिक नेपाल भए पनि पृथ्वी जयन्ति मनाउन छाडेका छैनन्।यसैलाई निरन्तरता दिने क्रममा आर्य क्षेत्री समाज मकाउले पनि बृहत कार्यक्रम गर्न लागेको हो।

देशमा राजनैतिक अस्थिरताले एक आपसमा अबिस्वास बढी रहेको बेलामा राष्ट्रिय एकता दिवशले नेपाली नेपाली बीच भाबनात्मक संबन्ध प्रगाढ बनाउनेमा ढुक्क छन समाजका अध्यक्ष निरञ्जन खड्का। आर्य-क्षेत्री समाज मकाउले आयोजना गर्न लागेको जन्म जयन्ति एवं राष्ट्रिय एकता दिवशलाई भब्यताको साथ सम्पन्न गराउनका लागि मकाउमा कार्यरत रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई निम्न मिति र स्थानमा गरीमामयी उपस्थित जनाई दिनु हुन हार्दिक अपिल गरेको छ।

तपशील
मिति : २०१९ जनवरी ११ तारीख, शुक्रबार।
समय : बेलुकी १८:०० बजे
स्थान : टेष्ट अफ इण्डिया रेष्टुरेन्ट एम.जि.एम मकाउ नजिक
आयोजक : आर्य-क्षेत्री समाज मकाउ,चीन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...