News Portal

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

७० पटक

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार पुर्‍याएर अनलाइन ठगीमा प्रयोग गरिएको घटनामा पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। प्रतिवादीमध्ये दुई जना पक्राउ परिसकेका छन् भने तीन जना फरार रहेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको भर्दोल गाउँपालिका–९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राई छन्। फरार रहनेमा सर्लाहीका राजनारायण महतो, रामेछापका हेमबहादुर श्रेष्ठ र धनकुटाका राजेश शर्मा भनिने भीमबहादुर गिरी रहेका छन्।

ब्यूरोका अनुसार दुई फरक उजुरी परे पनि सबै प्रतिवादीमाथि एउटै प्रकृतिको आरोप लागेको छ। उनीहरूले थाइल्यान्डमा आईटीको काम दिलाउने भन्दै नेपालीलाई म्यानमार पुर्‍याएर बन्धक बनाइ अनलाइन स्क्यामिङमा लगाएको आरोप छ।

पछिल्लो समय म्यानमारमा साइबर दासका रूपमा राखिएका ४७ नेपालीलाई उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइएको थियो। तीमध्ये दुई जनाले ब्यूरोमा उजुरी दिएपछि मुद्दा प्रक्रिया अघि बढाइएको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।

अनुसन्धानका क्रममा म्यानमारको मेवाडी क्षेत्र आसपास चिनियाँ गिरोहले क्याम्प सञ्चालन गरी नेपालीलाई अनलाइन ठगीमा प्रयोग गरिरहेको पाइएको छ। ती क्षेत्र म्यानमार सरकारको प्रभावभन्दा बाहिर रहेको बताइएको छ।

पीडितहरूका अनुसार म्यानमार पुगेपछि मोबाइल र पासपोर्ट नियन्त्रणमा लिने, केही दिन तालिम दिएर जबर्जस्ती अनलाइन ठगीमा संलग्न गराउने र काम गर्न नमाने शारीरिक तथा मानसिक यातना दिने गरिएको थियो।

मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना भएयता म्यानमारबाट १०७ नेपालीको उद्धार भइसकेको छ। अझै करिब सयजना नेपाली त्यहाँ बन्धक अवस्थामा रहेको आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...