News Portal

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

३०३ पटक

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार पुर्‍याएर अनलाइन ठगीमा प्रयोग गरिएको घटनामा पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। प्रतिवादीमध्ये दुई जना पक्राउ परिसकेका छन् भने तीन जना फरार रहेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको भर्दोल गाउँपालिका–९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राई छन्। फरार रहनेमा सर्लाहीका राजनारायण महतो, रामेछापका हेमबहादुर श्रेष्ठ र धनकुटाका राजेश शर्मा भनिने भीमबहादुर गिरी रहेका छन्।

ब्यूरोका अनुसार दुई फरक उजुरी परे पनि सबै प्रतिवादीमाथि एउटै प्रकृतिको आरोप लागेको छ। उनीहरूले थाइल्यान्डमा आईटीको काम दिलाउने भन्दै नेपालीलाई म्यानमार पुर्‍याएर बन्धक बनाइ अनलाइन स्क्यामिङमा लगाएको आरोप छ।

पछिल्लो समय म्यानमारमा साइबर दासका रूपमा राखिएका ४७ नेपालीलाई उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइएको थियो। तीमध्ये दुई जनाले ब्यूरोमा उजुरी दिएपछि मुद्दा प्रक्रिया अघि बढाइएको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।

अनुसन्धानका क्रममा म्यानमारको मेवाडी क्षेत्र आसपास चिनियाँ गिरोहले क्याम्प सञ्चालन गरी नेपालीलाई अनलाइन ठगीमा प्रयोग गरिरहेको पाइएको छ। ती क्षेत्र म्यानमार सरकारको प्रभावभन्दा बाहिर रहेको बताइएको छ।

पीडितहरूका अनुसार म्यानमार पुगेपछि मोबाइल र पासपोर्ट नियन्त्रणमा लिने, केही दिन तालिम दिएर जबर्जस्ती अनलाइन ठगीमा संलग्न गराउने र काम गर्न नमाने शारीरिक तथा मानसिक यातना दिने गरिएको थियो।

मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना भएयता म्यानमारबाट १०७ नेपालीको उद्धार भइसकेको छ। अझै करिब सयजना नेपाली त्यहाँ बन्धक अवस्थामा रहेको आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...