News Portal

रास्वपाको पोखरा कार्यक्रम कुलमान समूहद्वारा बहिष्कार

२३५ पटक

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा कुलमान घिसिङ नेतृत्वको समूह अनुपस्थित भएको छ।

पुस १४ गते रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङबीच ‘बृहत् एकता’ गर्ने सहमति भएको थियो। उक्त सहमतिपछि कुलमान घिसिङ रास्वपामा समाहित भइसकेका छन् भने तीनै पक्षबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ समेत भागबन्डा भएको बताइँदै आएको छ।

तर, सहमति भएको झन्डै एक महिना बितिसक्दा पनि पार्टी समायोजनको प्रक्रिया टुंगोमा नपुग्दा शनिबारको प्रदेशस्तरीय कार्यक्रममा कुलमान पक्षका नेता तथा कार्यकर्ता सहभागी भएनन्। उज्यालो नेपाल पार्टीको संगठन विस्तारमा खटिएका नेता–कार्यकर्ता पनि उक्त कार्यक्रममा देखिएनन्।

कुलमाननिकट एक नेताका अनुसार पुस १४ गतेपछि एकताको सहमति भइसकेकाले संगठनात्मक गतिविधि अस्थायी रूपमा रोकिएको छ।
उनले भने, “एकताको कुरा भइसकेपछि सबै आन्तरिक गतिविधि रोकिएको छ। पार्टी समायोजनका लागि कार्यदल बनेको छ तर कार्यविधि टुंगिएको छैन। त्यो नसकिँदासम्म न यता न उता भन्ने अवस्था छ।”

पार्टी समायोजन औपचारिक रूपमा टुंगिन नसक्दा रास्वपाको कार्यक्रममा सहभागी हुने वा नहुने विषयमा उज्यालो नेपालका नेता–कार्यकर्ता अन्योलमा परेका छन्।
एक नेताले भने, “भोलि हामी एकीकरण भएर जाने हो। तर कार्यक्रमबारे आधिकारिक जानकारी पनि दिइएन। यो रास्वपाको पूर्वनिर्धारित कार्यक्रम रहेछ। हामी अहिले संक्रमणकालमै छौँ।”

एकता सहमति भए पनि व्यवहारिक कार्यान्वयन ढिलो हुँदा रास्वपा–कुलमान समूहबीचको समन्वयमा चुनौती देखिन थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...