News Portal

पत्रकार शाहको पक्राउको भत्सर्ना गर्दै तरुण दलले भन्यो – प्रेस स्वतन्त्रता विरोधी हर्कत रोक !

हिमाली संचार संवाददाता
५५५ पटक

काठमाडौँ : नेपाल तरुण दलले देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहलाई समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवासबाट पक्राउ गरिएकोप्रति भत्सर्ना गरेको छ।

साथै शाहलाई पक्राउ गरिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता विरोधी गतिविधि रोक्न सरकारलाई चेतावनी दिएको छ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पत्रकार शाहलाई अपराह्न प्रहरीले बिना कारण पक्राउ गरेको घटनाप्रति नेपाल तरुण दल घोर भत्सर्ना गर्दछ।’

समाचार संकलन गरेको र तस्बिर खिचेकै कारणले एकजना पत्रकारलाई जेल हाल्नेसम्मको हर्कत गर्नु प्रेस स्वतन्त्रता विरोधी र समान्य लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको ठहर गर्दै शाहीले विज्ञप्तीमा भनेका छन्, ‘यस्तो निरंकुस कदमले अधिनायकवादी बन्दै गएको पुष्टि हुन्छ।’

तरुण दलले कुनै पनि बहानामा प्रेसमाथि हस्तक्षेप र पत्रकारमाथि धरपकड नगर्न सरकारलाई चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...