News Portal

  • संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    ३९ पटक

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद विघटन संविधानविपरीत भएकाले वैधानिक निकास संसद फर्कनु नै भएको स्पष्ट पारे।

    उनका अनुसार सर्वोच्च अदालतले मुद्दालाई छिटो टुंग्याउने सम्भावना उच्च छ। कानुनी र व्यवहारिक कारणले पनि संसद पुनर्स्थापना अपरिहार्य भएको सभामुखको भनाइ छ। उनले निर्वाचनबाट आएका प्रतिनिधिको संस्थालाई भंग गरिँदा देश नै थप अनिश्चिततामा फसिएको टिप्पणी गरे।

    सभामुख घिमिरेले आन्दोलनरत जेन–जी पुस्ताले उठाएका मुद्दा समाधान गर्ने बाटो पनि संसद नै भएको बताए। संविधानका केही विषय छलफलमार्फत परिमार्जन गरेर अहिलेका समस्या समाधान गर्न सकिने उनको धारणा थियो। उनले वर्तमान सरकारले संवैधानिक योग्यताका मापदण्ड पूरा नगरेको दाबी गर्दै सरकार गठन नै त्रुटिपूर्ण भएको आरोप लगाए।

    झापा आएका सभामुख घिमिरेले गोकुल जोशी मार्ग, हर्कलाल मार्गलगायत क्षेत्रका विकास योजनाको स्थलगत अनुगमन गरे। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका घटना भएका ठाउँ—बिर्तामोड नगरपालिका, अनारमनी इलाका प्रहरी कार्यालय, ट्राफिक कार्यालय तथा विभिन्न दलका जिल्ला कार्यालय—को अवस्थाबारे पनि प्रत्यक्ष जानकारी लिए।

    उनी दुई दिनका लागि झापा आएको सचिवालयका हिमाल मैनालीले बताए। शुक्रबार सभामुखले देवी माविको नयाँ भवन शिलान्यास गर्ने र केही शोकाकुल परिवारमा समवेदना जनाउने कार्यक्रम रहेको जनाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

    https://youtu.be/G3NSjBH5K6o

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...