News Portal

जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

२४५ पटक

काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्। उनीहरूले देशभर रहेका जेनजी समूहहरूलाई एकताबद्ध बनाउन सरकारको पहल आवश्यक रहेको माग राखेका हुन्।

भेटपछि समूहकी प्रतिनिधि सदीक्षा राईले प्रधानमन्त्री कार्कीले आफ्नो मागलाई सकारात्मक रूपमा लिएको बताइन्। उनका अनुसार, “प्रधानमन्त्री र गृहमन्त्रीलाई मागपत्र बुझाइसकेका छौँ। उहाँहरूले हाम्रो कुरा मनोयोगपूर्वक सुन्नुभयो र सहयोग गर्ने आश्वासन पनि दिनुभयो।”

प्रधानमन्त्री कार्कीले पनि सबै खालका जेनजीहरूसँग संवाद भइरहेको र सरकारको तर्फबाट सक्दो सहयोग गरिने प्रतिक्रिया दिएकी थिइन्।

गत शनिबार माइतीघरमा प्रदर्शन गरेको जेनजी युनाइटेडका केही सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि समूहले आफ्ना मागहरू औपचारिक रूपमा सरकार समक्ष प्रस्तुत गरेको हो।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...